गलत शल्यक्रियाले ‘असल नेता’को ज्यान गुम्यो

गलत शल्यक्रियाले ‘असल नेता’को ज्यान गुम्यो
+
-

विर्तामोड- भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा नेपाली कांग्रेसका जुझारु युवा नेता लक्ष्मण खड्काको निधन भएपछि झापा अहिले शोकमा डुवेको छ। बिद्यार्थी जीवनकालदेखि नै राजनीतिक मोहमा होमिएका युवा नेता खड्का नेपाल बिद्यार्थी संघदेखि नेपाली काङ्ग्रेसको जिल्ला सचिबसम्म हुँदा लाखौँ झापालीको मनमा असल नेताको छवि छोड्न सफल भएका थिए ।

बिर्तामोड नगरपालिका ३ मा स्थायी बसोबास गर्दै आएका खड्का सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर थिए । नेविसंघको नेतृत्व गर्दै तरुण दलको केन्द्रीय सदस्य एवं मेची अञ्चल इन्चार्ज भइसकेका उनी तत्कालीन अनारमनी गाविसको वडाध्यक्षमा समेत निर्वाचित भएर जनताको सेवा गरिसकेका थिए ।

नेपाली कांग्रेसको जिल्ला सहसचिव र वर्तमान सचिव रहेका उनी प्रदेश सभा सांसदमा निर्वाचन लडेका थिए । उनी झापाको क्षेत्र नम्बर २ को ‘क’ बाट एमाले नेता एकराज कार्कीसँग पराजित भएका थिए । पराजित भएर पनि समाजमा उनले देखाएको प्रतिक्रिया नेपालमै चर्चाको बिषय बनेको थियो । उनले विजयी कार्कीलाई माला लगाएर गला जोडेको फोटो अहिले धेरैको सामाजिक सञ्जालमा समवेदना दिने क्रममा पोष्ट भएको छ ।

उनलाई स्मरण गर्दै प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईँले भने, ‘लक्ष्मण बराबरको निष्ठावान नेता उत्पादनमा झापाले धेरै प्रतीक्षा गर्नुपर्छ । हुमागाईँका अनुसार पार्टीले दिएको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व कहिले नभुल्ने, भ्रष्टाचार बिरोधी र साहसिक कार्यमा अग्रसर नेताको निधनले झापमात्र नभई सिङ्गो मुलुकलाई क्षति पुगेको छ ।

श्रीमती अञ्जु सहित एक छोरा र एक छोरी रहेका खड्काको पारिवारिक पृष्ठभूमि राजनीतिमय भएको जानकारहरु बताउँछन् । छोरी एमबीबीएस र छोरी इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । तीन दाजुभाइमध्ये लक्ष्मण कान्छा हुन् । खड्काको जन्म २०२८ साल असारमा भएको थियो ।

राजनीतिसँगै सामाजिक गतिविधिमा पनि उनको भूमिका अग्रणी छ । विकास निर्माण सँगै सञ्चारक्षेत्रमा समेत उनको योगदान थियो । उनी अहिले बन्द रहेको अर्जुनधारा दैनिकका प्रबन्ध सम्पादक समेत थिए ।

बहुदलीय ब्यवस्थाको अन्तर्गत भएको स्थानीय निर्वाचनमा निर्वाचित भएपछि खड्काको राजनीतिक यात्राले गति लिएको थियो । सँगै जनयुद्धकालमा उनले पार्टीप्रति खेलेको भुमिका र जनयुद्धमा लागेका ब्यक्तिहरुसँगको सम्योजनमा झापामा गरेको योगदान स्मरणीय रहेको माओवादीका बिर्तामोड इन्चार्ज कुबेर श्रेष्ठले टिप्पणी गरेका छन् । जस्तोसुकै परिस्थितिमा पनि बिपक्षीसँग घुलमेल हुन सक्ने क्षमता रहेका नेताका रुपमा श्रेष्ठले खड्कालाई स्मरण गरेका छन् ।

खड्का झापालीमाझ अझ ०६२/०६३ को जनाआन्दोलनका क्रममा खेलेको भूमिका उल्लेख्य थियो । उनले जनआन्दोलनमा हजारौँ आन्दोलनकारीको नेतृत्व सम्हालेका थिए । आन्दोलनका क्रममा कति नेताहरु झडप अघि नै भाग्ने गरेको भए पनि उनले आफ्ना कार्यकर्ता नफर्किएसम्म आन्दोलनबाट नफर्किएको समकक्षीहरुको बुझाइ रहेको छ ।

निर्वाचनताका बिरामी परेका उनी रोग लुकाएर भएपनि जनतासँग मत माग्न गएको पत्रकार राजेन्द्र गौतमको भनाइ छ । उनी उपचारका लागि सबैभन्दा पहिले भारतको मुम्बइस्थित एशियन क्यान्सर हस्पिटलमा उपचार गर्न भर्ना भएका थिए । त्यो हस्पिटलमा उनको घाउ भएको भन्दा अर्कैतिरको फोक्सो काटिएपछि उनलाई फेरी दिल्लीको गंगाराम अस्पताल ल्याइएको थियो ।

एशियन क्यान्सर अस्पतालले गलत शल्यक्रिया भएको स्विकार्दै ६ महिनापछि मात्र संक्रमित फोक्सोको शल्यक्रिया गर्न सुझाएको थियो । तर, गंगाराम अस्पतालले उक्त सुझावको बेवास्ता गर्दै संक्रमित फोक्सोको शल्यक्रिया गरिदिएपछि खड्काको अवस्था अझ जटिल बनेको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । उक्त अस्पतालमै उनको बिहिबार साँझ निधन भएको हो ।

खड्काको शब शुक्रबार साँझ बिर्तामोड ल्याइ शनिवार बिहान नेपाली काङग्रेसको जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र अपराह्न कनकाई घाटमा अन्तेष्टी गरिने पार्टीका जिल्ला सभापति थापाले जानकारी दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?