नेकापामा गम्भीर संकट

रोकिएन ओलीको श्रृंखलावद्ध धम्की, प्रचण्ड-नेपाल समूह गलपासोमा

रोकिएन ओलीको श्रृंखलावद्ध धम्की, प्रचण्ड-नेपाल समूह गलपासोमा
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रृंखलाबद्ध धम्की नरोकिएपछि असन्तुष्ट समूह केन्द्रीय सचिवालयको औपचारिक बैठकको मिती लम्बाउन बाध्य भएको छ।

ओलीको धम्की नरोकिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष बामदेव गौतम गरी पाँच सदस्य गलपासोमा परेका छन्।

पार्टी कमिटी निर्णयविपरीत ओलीले अपनाउँदै आएको एकलौटी कार्यशैली बहुमतकासाथ बिश्राम लगाउन खोजेपनि ओलीबाट धम्की नरोकिएपछि प्रचण्ड-नेपाल समूह बैठकको मिती लम्बाउन बाध्य भएको हो।

सचिवालयको औपचारिक बैठक डाकेमा ओलीले धम्की दिएअनुसार पार्टी फुटाउने हुन् कि भन्ने डरका कारण यो समूह त्यसबाट पछि हट्दै आएको छ।  तर त्यसलाई आफ्नो कमजोरी नभई पार्टी एकताको रक्षाका लागि चालिएको कदमका रुपमा उसले चिनाएको छ।
००
प्रचण्डसँगको यसअघिको भेटमा ओलीले आफ्नो सहमतिविपरीत केन्द्रीय सचिवालयको औपचारिक बैठक बोलाएमा पार्टी फुटको घोषणा गर्ने धम्की दिएका थिए।

मंगलबार पनि ओलीले सोही शैलीमा धम्की दिएर पठाएपछि प्रचण्ड औपचारिक सचिवालयको बैठकमा ओलीको सहमतिका लागि थप दुई कुनुपर्ने निष्कर्षमा पुगेका छन्। र, सोहीअनुसार उनले आफ्नो समूहको अनौपचारिक सचिवालय बैठबाट निर्णयसमेत गराएका छन्।

पार्टी स्रोतका अनुसार औपचारिक सचिवालय बैठकका लागि सहमत हुन प्रचण्डले मगंलबार गरेको अनुरोध ओलीले तत्कालै अस्वीकार गरेका थिए।

बरु उनको प्रचण्डलाई धम्की थियो,‘मविरुद्ध एक्सन चाल्नलाई ठिक्क परेको तपाईँको बैठकका लागि सहमत हुन मलाई हतार छैन। मविरुद्ध ‘एक्सन’ चालियो भने मैले पनि महाएक्सन चाल्छु भन्नेमा तपाईँ जानकार नै हुनुहुन्छ क्यारे।’

त्यसपछि प्रचण्डले आफूमाथि कुनै पनि शंका नगर्न बरु उत्पन्न सबै समस्या हल गर्ने गरी बैठक डाक्न ओलीलाई अनुरोध गरेका थिए। तर ओलीले फेरि पुरानै जबाफ दोहोराएका थिए,‘बैठक बस्न हतारो छैन। बैठक जहिले बसेपनि हुन्छ। भोली, पर्सी या अर्को दिन।’

ओलीको जबाफबाट हैरान भएको प्रचण्डले ‘अब धेरै विवाद नगरी भोलीनै बैठक बसौँ’ भन्ने प्रस्ताव अघि सारेका थिए। तर ओलीले भोली आफू उपत्यका बाहिर जान लागेको भन्दै टारेका थिए। त्यसपछि प्रचण्डले ‘भोली तपाईँ बाहिर जाने हो भने पर्सी बैठक डाकौँ’ भन्ने अर्को प्रस्ताव ओलीसमक्ष राखेका थिए।

तर पर्सी बैठक डाक्ने प्रचण्डको प्रस्ताव पनि ओलीले अस्वीकार गरको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

ओलीले आफ्नो अडान नत्यागेपछि प्रचण्ड निराश हुँदै आफैले त्यसअघि तय गरेको अनौपचारिक सचिवालयको बैठकमा सामेल हुन पार्टी मुख्यालय धुम्बाराही पुगेका थिए।

बैठकको सुरुमै प्रचण्डले ओलीसँगको आफ्नो भेटबारे ‘ब्रिफिङ’ गरेका थिए। त्यसपछि प्रचण्ड-नेपाल समूह दुई दिनपछि ओलीको सहमतिमा औपचारिक सचिवालयको बैठक हुने अपेक्षा राखेको भन्दै छुट्टिएको थियो।

बैठकपछि नेता नेपालले भने,‘पर्सी अर्का अध्यक्ष प्रचण्डको सहमतिमा बैठक बस्छ भन्नेमा अपेक्षा गरेका छौँ। बैठक बस्नुको विकल्प छैन।’

प्रधानमन्त्रीबाट धम्की नरोकिएपछि डरका कारण तपाईँहरुले औपचारिक बैठकको मिती सारेको हो? भन्ने प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘हामी डराएका छैनौँ। हाम्रो पार्टीमा उत्पन्न संकटको विशिष्ट परिस्थितिमा छौँ। र हामीलाई एकताको रक्षा पनि गर्नुछ। एकताप्रति हामी अति संवेदनशील छौँ। र, धैर्य भएर हामीले सहमतिमै बैठक डाक्न पर्यत्न गरिरहेका छौँ।’

श्रेष्ठले धैर्य गर्नुलाई कमजोरीको रुपमा नबुझ्न आग्रहसमेत गरे। उनले भने,‘ पार्टी एकताको रक्षाका लागि सबै साथीहरुले आफ्नो विवेक प्रयोग गरेर सहमतिमा बैठक बसाल्न खोज्नु भएको मात्रै हो।’

तर ओलीअसहमत भइरहे तपाईँहरु के गर्नुहुन्छ भन्ने प्रश्नको जबाफमा श्रेष्ठले भने,‘उहाँ असहमत भइरहे हामीेले गर्ने भन्नेबारे हामीले केही सोचेका छैनौँ। हामी सहमतिमा बैठक बोलाउन चाहन्छौँ। त्यसको विकल्प पनि छैन।’

प्रचण्ड-नेपाल समूहले बहुमतका साथ आफ्नो राजीनामा माग्ने भएकाले औपचारिक सचिवालय बैठक नबोलाउने अडानमा ओली छन्। जुन, उनले प्रचण्डलाई सुनाएका मात्रै छैनन्,सार्वजनिकरुपमा पनि भन्न भ्याइसकेका छन्।

अतिवादी शैलीमा ओली उन्मुख भएको निष्कर्ष निकालेको प्रचण्ड-नेपाल समूहले पनि ओलीको विकल्प नै खोजिरहेको तर पहिले भन्दा यसपटक यसबारे मौन रहेर बैठक बोलाएर छलफल मात्रै गर्न चाहेको बताएर बैठकमा ओलीको सहमति लिन खोजेको बुझिन्छ।

त्यसैले श्रेष्ठले भने,‘हामीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छैनौँ। कोरोना महामारी र स्थायी कमिटीको समग्र निर्णयको कार्यान्वयनबारे समिक्षा गर्न चाहेका हौँ। यसमा प्रधानमन्त्री ढिलोचाँडो सहमत हुनैपर्छ।’ तर ओली बैठक बोलाउन तयार छैनन्।

प्रचण्ड -नेपाल समूहका पाँचै जनाले यसअघि २२ गते ओलीलाई भेटेर लिखितरुपमा औपचारिक सचिवालयको बैठक डाक्न सहमत हुन अनुरोध गरका थिए। सोमबारसम्म बैठकका लागि ओलीले सहमति जनाउने अपेक्षामा उक्त समूह थियो।

तर बैठक बसाल्न ओली सहमत नभएपछि मगंलबार दिउँसो प्रचण्ड बैठकमा सहमति जनाउन ओलीलाई अनुरोध बालुवाटार पुगेका थिए। राजदूत नियुक्तिबाट सुरु भएको नेकपा विवाद वार-पारको स्थितिमा पुगेको छ।

ओली र प्रचण्ड – नेपाल समूहको अडान कायमै रहेमा पार्टीमा दुर्घटना निम्तने निश्चित भएको पार्टीका दोस्रो तहका नेताहरुले निष्कर्ष निकाल्न थालेका छन्। उनीहरुले ओली र प्रचण्डलाई मिलाउन खुमलटार र बालुवाटार दौढधूप जारी राखेका छन्।

मगंलबार मात्रै ओलीले आफ्ना दूतका रुपमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएका थिए। पोखरेलले दुई अध्यक्षबीच छलफल र समझदारीको विकल्प नभएको भन्दै प्रचण्डलाई फकाउने कोशिस गरे।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूहरुले कसैकाविरुद्ध कुनै ‘एक्सन’ लिन नभई विधि र पद्धतिको सम्मान मात्र खोजेको बताए। ‘हामीले बैठकको बिकल्प देखेका छैनौँ। पार्टी भन्दा माथि कोही पनि हुन सक्दैन। जस्तो सुकै अडान पनि एक दिन खतम हुन्छ।’

विवाद बढ्दै गएका बेला ओलीले यो बीचमा नेता नेपाललाई फकाउने कोशिस पनि जारी राखेको छ। प्रचण्डबाट नेपाल समूहलाई अलग्याउन सके प्रचण्डले मात्रै गरेको विरोधको कुनै अर्थ नरहने ओली समूहको निष्कर्ष छ।

प्रचण्ड-नेपाल समूहले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय उल्लंघन गरेको आरोप ओलीमाथि लगाएको छ।

तर ओलीले आफ्नो विशेषाधिकारमा अवरोध खडा गरेको प्रचण्ड-नेपाल समूहले आफूबिरुद्ध गुटबन्दी चर्काएकाले सचिवालय बैठक नडाक्ने अडान लिएका छन्।

यो पनि पढ्नुहोस्

ओलीले प्रचण्डलाई धम्क्याए-तपाईँहरुले मबिरुद्ध एक्सन लिनुभयो भने म महाएक्सन लिन्छु

ओलीले प्रचण्डलाई धम्क्याए-तपाईँहरुले मबिरुद्ध एक्सन लिनुभयो भने म महाएक्सन लिन्छु

ओलीलाई अर्को दुुई दिन कुर्ने पाँच नेताको निर्णय

ओलीलाई अर्को दुुई दिन कुर्ने पाँच नेताको निर्णय

प्रचण्डले बोलाएका तीनै सचिवालय बैठकमा आएनन् बादल

प्रचण्डले बोलाएका तीनै सचिवालय बैठकमा आएनन् बादल

प्रचण्डसहित पाँच नेकपा सचिवालय सदस्यहरुबीच धुम्बाराहीमा बैठक जारी

प्रचण्डसहित पाँच नेकपा सचिवालय सदस्यहरुबीच धुम्बाराहीमा बैठक जारी

प्रचण्डको ओलीसँग आधा घण्टा मात्र कुराकानी, बैठकका लागि तुरुन्तै पुगे धुम्बाराही

प्रचण्डको ओलीसँग आधा घण्टा मात्र कुराकानी, बैठकका लागि तुरुन्तै पुगे धुम्बाराही

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

प्रचण्ड-नेपाल समूहले बाेलायाे धुम्बाराहीमा चार बजे अनौपचारिक सचिवालय बैठक

प्रचण्ड-नेपाल समूहले बाेलायाे धुम्बाराहीमा चार बजे अनौपचारिक सचिवालय बैठक

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष