नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै
+
-

काठमाडौँ- लामो रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ।

आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।

आफूबाट अलग्गिएर असन्तुष्ट समूहसँग मिसिन गएका वामदेव गौतमलाई सांसद र मन्त्रीमा कायमै रहने ‘अन्तरिम रोक’ खारेज गरेको भोलिपल्ट ओली बैठक राख्न सहमत भएका थिए।

ओलीले यो बीचमा गौतमलाई सरकारमा सामेल हुनका लागि आग्रह गरिसकेका छन्।

त्यसैले शुक्रबारको सचिवालय बैठक बहसको केन्द्रमा परेको छ। ओलीले बैठक भन्दा केहीबेर अघिसम्म गौतमलाई सरकारमा सामेल गराउन मनाउने प्रयास राख्ने बुझिएको छ।

गौतमले नमानेको खण्डमा अन्तिम समयमा आएर बैठक नै स्थगित गर्ने कि भन्नेमा पनि बालुवाटारमा छलफल भएको स्रोत बताउँछ। केहीगरी बैठक बसेमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने असन्तुष्ट समूहले चाल चल्ने बुझिएको छ।

असन्तुष्ट समूहको नेतृत्व गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष गौतमले गत शनिबार ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठकमा सहमत हुन अनुरोध गर्दै लिखित पत्र बुझाएका थिए।

पत्रमा,पार्टीमा विवाद उत्पन्न हुनुको मुख्य दोषी ओली नै भएको उल्लेख थियो। तर ओलीले आफूविरुद्ध गुटबन्दी गरेर घेराबन्दी गरेको आरोपसहित असन्तुष्ट पक्षलाई लिखित नै जवाफ दिएका छन्।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष