
काठमाडौँ-नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। केहिबेर अघि नेकपाको ७० औं बैठक शुरु भएको हो।
लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका हुन्।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।
आफूबाट अलग्गिएर असन्तुष्ट समूहसँग मिसिन गएका वामदेव गौतमलाई सांसद र मन्त्रीमा कायमै रहने ‘अन्तरिम रोक’ खारेज गरेको भोलिपल्ट ओली बैठक राख्न सहमत भएका थिए।