नेकपा सचिवालय बैठक, प्रचण्डसहित पाँच सदस्यको मौन असन्तुष्टि

नेकपा सचिवालय बैठक, प्रचण्डसहित पाँच सदस्यको मौन असन्तुष्टि
+
-

काठमाडौँ-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर चरम असन्तुष्टिको तहमा पुगेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच जना सचिवालय सदस्यहरुले मौन असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो बालुवाटारमा करिव ४५ मिनेट मात्रै चलेको सचिवालय बैठकमा ओलीसँग असन्तुष्ट समूहका सदस्यले आक्रोश पोख्ने आंकलन व्यापक रुपमा भएका बेला उक्त समूहका पाँचजना नै मौन रहेको पार्टी स्रोतले बतायो।

बैठकमा ओलीले सुरुमै आफ्ना धारणा राखेका थिए । ओलीले सचिवालयमा उठेका विषयमाथि सचिवालयमै छलफल गर्नुपर्ने, स्थायी वा केन्द्रीय कमिटी बैठकमा लग्न नहुने धारणा व्यक्त गरेको स्रोतको भनाई छ।

असन्तुष्ट समूहले बैठकका लागि सहमत हुन अनुरोध गर्दै असन्तुष्ट पक्षले बुझाएको पत्रको जबाफ ओलीले लिखितरुपमा दिएपछि त्यसको जबाफ पुन दिनेक्रममा प्रचण्डले बैठकको सुरुमै ओलीलाई लिखित पत्र बुझाएका थिए। उनले अन्य सदस्यलाई पनि आफ्नो पत्र वितरण गरेका थिए।

त्यसपछि बैठकमा आगामी मंसिर ३ गते पुनः केन्द्रीय सचिवालय बैठक डाक्ने र त्यसको कार्यसूचीमा नेकपामा पछिल्लो पटक विवादित बनेका मन्त्रिपरिषद् पुर्नगठन, कर्णालीको अविश्वास प्रस्ताव प्रकरण, भारतीय जासुसी संस्था (रअ) प्रमुखको नेपाल भ्रमण, पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका नेता मारिएको घटनालगायत विषयहरु समेट्ने निर्णय मात्रै गरिएको थियो।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमको अनुरोध अनुसार करिव एक महिनादेखि सचिवालय बैठक बोलाउन नमानेका ओली शुक्रबार बैठक बोलाउन सहमत भएका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष