
काठमाडौँ- सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको युद्ध अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरिपरी तीब्र रुपमा विकृत मात्रै होइन, गाली र व्यक्तिगत आक्षेपको जालोमा पनि बेरिएको छ।
यही कार्तिक २५ गते ओलीले प्रचण्डलाई लेखेको पत्रमा प्रचण्डले पटकपटक आफ्ना अडान फेरेको, पूर्ववर्ति माओवादी नेताहरुविरुद्ध असहिष्णु देखिएको, युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउन आफैद्धारा प्रस्तावित गरी दोष आफूलाई लगाएको आरोप लगाएका छन्।
असन्तुष्टीले विष्फोटिक पत्रहरुको आदानप्रदानले नेकपामा जारी ध्रुवीकरणलाई थप त्रिबता दिने मात्रै हैन पार्टी एकता अब निकै टाढाको सम्भावना बन्न पुगेको अड्कलबाजी पार्टीको उपल्लो तहमा नै हुन थालेको छ।
पत्रमा ओलीले प्रचण्डद्वारा आफूमाथि सार्वजनिक र पार्टी ‘फोरम’मा लगाएका आरोपको फेहरिस्तसँगै त्यसको स्पष्टीकरण मात्रै हैन, ती विसंगतिका लागि सम्पूर्ण दोष प्रचण्डको टाउकोमा नै खनाएका छन्।
भदौ २६ गतेको सचिवालय बैठकको निर्णयको हवाला दिँदै ओलीले प्रचण्ड खासगरी गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधानमन्त्री ईश्वर पोखरेलप्रति असहिष्णु रहेको र उनीहरुलाई पुनर्गठित मन्त्रिपरिषद्मा स्थान हुन नहुने अडान लिएको आरोप लगाएका छन्।
त्यस्तै प्रचण्डसँग सल्लाह नगरी डा. खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिमा प्रस्तावित गरेको आरोप अस्विकार गर्दै ओलीले भनेका छन्,‘ स्पष्ट होऔँ, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्वअर्थमन्त्री डा. खतिवडानको प्रस्ताव कमरेड प्रचण्ड आफै हुनुहुन्थ्यो।’
नयाँ मुख्य सचिवका नियुक्ति र पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउनेबारे पनि प्रचण्डसँग अग्रिम सहमति लिएको ओलीको दाबी छ।
आफैसँग भएका सहमति र छलफलबारे प्रचण्डले फरफरक नेताहरुलाई फरकफरक जानकारी दिएको र गुटबन्दी बन्दी गर्ने संस्थाथत निर्देशनबिपरीत प्रचण्डले गुटबन्दी जारी राखेको दाबी पनि ओलीले गरेका छन्।
प्रचण्डसँगै ओलीले आफ्ना पार्टीका केन्द्रीय सचिवालयका असन्तुष्ट नेताहरुको ब्यवहारमाथि पनि प्रश्न उठाएका छन्।
सचिवालय बैठक बस्नु अघि केही निश्चित कमरेडबीच ‘यस्तो गर्ने र उस्तो गर्ने’ भन्दै समूहगत योजना बनाई चित्तै नबुझ्ने किन? भन्दै ओलीले प्रश्न गरेका छन्।
ओलीले खुमलटार निवासलाई गुटको हेडक्वाटर नबनाउन ओलीले प्रचण्डलाई आग्रहसमेत गरेका छन्।
यस्तै अंङगणीत हैन समिकरणका आधारमा दबाब दिन पटकपटक प्रचण्डलाई आग्रह गरेको पनि ओलीले आफ्नो पत्रमा उल्लेख गरेका छन्।
ओलीले प्रचण्डलाई आ-आफ्ना जिम्मामा परेका कामको लेखाजोखा गर्न आग्रह गर्नुको साथै पछिल्ला १५ दिनमा पूरा नभएका पार्टी एकता सम्बन्धी कार्यका लागि प्रचण्डलाई दोष दिएका छन्।
यता प्रचारको जिम्मा पाएका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो दायीत्व पुरा नगरेको प्रधानमन्त्री ओलीको आरोप छ।