सत्तारुढ नेकपाका नेता तथा तत्कानीन अर्जुनधारा गाविसका अध्यक्ष भट्टराईको कोरोना संक्रमणबाट मृत्यु

सत्तारुढ नेकपाका नेता तथा तत्कानीन अर्जुनधारा गाविसका अध्यक्ष भट्टराईको कोरोना संक्रमणबाट मृत्यु
+
-

झापा – सत्तारुढ नेकपाका नेता एवं झापाको तत्कालीन अर्जुनधारा गाविसका अध्यक्ष कुन्दन भट्टराईको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

काठमाडौँमा उपचाररत अर्जुनधारा ५ निवासी ६२ वर्षीय भट्टराईको शुक्रबार बेलुका साढे सात बजेतिर मृत्यु भएको हो। उनी राजधानीको भैँसेपाटीस्थित मेडिसिटी हस्पिटलमा उपचाररत थिए।

उनलाई कात्तिक २३ गते एयर एम्बुलेन्सबाट काठमाडौँ लगिएको थियो। फोक्सोमा क्यान्सर भएका उनलाई काठमाडौँमा लगेर पीसीआर परीक्षण गराउँदा कोरोना पोजिटिभको रिपोर्ट आएको अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि रानाले बताए। केही दिनदेखि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

भट्टराई २०५१ सालमा गुठी संस्थानको महाप्रबन्धक भएका थिए। त्यस्तै २०५४ सालको निर्वाचनमा उनी तत्कालिन अर्जुनधारा गाविसको अध्यक्ष निर्वाचित भएका थिए। त्यसपछि उनी जिविस झापाको संयन्त्र सदस्य पनि भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?