प्रचण्ड-बादल भेट

निर्णायक मोडमा प्रचण्डलाई साथ दिने बादलको आश्वासन

निर्णायक मोडमा प्रचण्डलाई साथ दिने बादलको आश्वासन
+
-

काठमाडौँ- भूमिगत कालदेखिनै सहकार्य गर्दै आएका तर वर्तमान अवस्थामा नेकपाको प्रतिवद्वन्दी खेमामा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच शुक्रबार डेढ घण्टा लामो छलफल भएको छ।

शुक्रबार चार बजे बालुवाटारमा केन्द्रीय सचिवालय बैठक बस्नुअघि खुमलटार पुगेर बादलले छलफल गरेको बादल निकट एक नेताले देशसञ्चारलाई जानकारी दिए।

अहिले नेकपाको  ध्रुवीकृत राजनीतिमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बादलले निर्णायक मोडमा प्रचण्डलाई नै साथ दिने आश्वासन दिएका छन्।

‘म अहिले मन्त्रिपरिषदमा छु। मलाई खुलेर तपाईँको पक्षमा उभिन अफ्ठ्यारो छ। तर म निर्णायक मोडमा तपाईँलाई नै साथ दिन्छु। यसमा विश्वास गर्नुहोला,’ बादलको भनाई उद्धृत गर्दै ती नेताले भने।

ओलीले प्रचण्डलाई पठाएको पत्रमा बादललाई मन्त्रिपरिषदबाट हटाउन प्रचण्डले चाहेको आरोप लगाइएको छ। त्यसबारे प्रचण्डले पनि बादललाई स्पष्टीकरण दिएको बुझिएको छ।

‘मैले तपाईँलाई मन्त्रिपरिषदबाट निकाल्न चाहेको भन्दै भ्रम फैलाइएको छ। त्यसमा विश्वास पटक्कै नगर्नुहोला,’प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने। बादलले प्रचण्डलाई साथ दिएमा ९ सदस्यीय केन्द्रीय सचिवालयमा ओली अझै अल्पमतमा धकेलिने र उनको नेतृत्वमा थप खतरा उत्पन्न हुने छ।

विवादकाबीच यसअघि कार्तिक १६ गते खुमलटारमा भएको ओलीसँगको असन्तुष्ट समूहको भेलामा बादल सहभागी थिए।

तर प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेका तीन अनौपचारिक केन्द्रीय सचिवालय बैठकमा बादल सामेल थिएनन्।

पूर्वमाओवादीमा रहँदा प्रचण्ड र बादलबीचको सहकार्य बलियो थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष