
पर्सा-लागुऔषध चरेश र विनरेक्ससहित तीनजना युवक वीरगञ्जबाट पक्राउ परेका छन्।
लागुऔगाध चरेशसहित पक्राउ पर्नेमा पर्साको बीरगंज ३ छप्कैया बस्ने २८ बर्षिय अभिषेक श्रीवास्तव र वडा नम्बर ५ बस्ने २३ बर्षिय धिरज पटेल रहेका छन्।
बिशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई वीरगञ्ज १६ मितेरी पुल नजिकै चेकजाँच गर्नेक्रममा चरेशसहित पक्राउ गरेको हो।
पक्राउ परेका श्रीवास्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र पटेलको साथ पनि २ केजी ४४५ ग्राम गरि ४ केजी ८ सय ९० ग्राम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
यस्तै बिस्कुटको कार्टुन भित्र लुकाएर भारतबाट ल्याउदै गरेको लागुऔषध सहित एक युवक वीरगञ्जबाट नै पक्राउ परेका छन।लागुऔषधसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ श्रीपुर टोल बस्ने ४४ बर्षका बिनोद गुप्ता रहेका छन्।
बिशेष सूचनाको अधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज २४ खल्वाटोल र्सिसियाबाट गुप्तालाई भारतको रक्सौलबाट आउदै गरेको अवस्थामा लागुऔषधसहित पक्राउ गरेको हो।
चेकजाँच गर्नेक्रममा प्रहरीले गुप्ताको साथमा रहेको बिस्कुटको कार्टुनमा लुकाएर ल्याएको विनरेक्स ३० बोतल बरामद गरेको छ।
लागुऔषध चरेश र विनरेक्ससहित पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।