ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह
+
-

काठमाडौँ – सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बुधबार) बोलाइएको सचिवालय बैठक नरोकिने स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरु सहभागी नभए पनि बैठक नरोकिने वरिष्ठ नेता झलनाथ खनालले बताए।

‘अब कुनै पनि अवस्थामा बैठक रोकिन्न’, उनले भने ।

यस्तै अर्का सचिवालयल सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओली पक्ष सहभागी नभए पनि बैठक नरोकिने बताए।

‘हामीले तय गरेको बाटोमा बैठक अघि जान्छ। बैठक रोकिन्न’, श्रेष्ठले भने ।

प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने चेतावनी ओली समूहले दिइरहेको छ । भोलिका लागि तोकिएको बैठक रोक्न ओली समूहका नेताहरु सक्रिय छन् ।

महासचिव विष्णु पौडेलले मंगलबार प्रचण्डलाई भेटेर बैठक स्थगितका लागि सहमति दिन प्रस्ताव गरेको श्रोत बताउँछ।

पौडेलले खुमलटार पुगेर बैठक नरोकिए पार्टी एकता धरापमा पर्ने सन्देश प्रचण्डलाई सुनाएको पनि श्रोतले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?