बादल भोलि सचिवालय बैठकमा सहभागी हुने

बादल भोलि सचिवालय बैठकमा सहभागी हुने
+
-

काठमाडौँ- बुधबार बोलाइएको नेकपा केन्द्रीय सचिवालय बैठक सफल पार्न प्रतिबद्ध बहुमत समूहका अनुसार गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादल उक्त बैठकमा उपस्थित हुने भएका छन्।

बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित  हुनेछन्।

ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल र उपप्रधनमन्त्री इश्वर पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले भष्ट्राचार, आफन्तवादलगायतका आरोपसहित पद त्याग्न गर्न ओलीसँग गरेको आग्रहसहित सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबारको बैठक नहुने अडान लिएका छन्।

उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् तर प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली पक्ष उपस्थित नभएपनि बैठक भएरै छाड्ने अडान लिएका छन्।

बादल उपस्थित भएका ओलीको पक्षमा तीन जना मात्र सदस्य रहनेछन्। केन्द्रीय सचिवालयमा बादलका राजनीतिक सल्लाहकार तथा नेकपा केन्द्रीय समिति सदस्य संर्यप्रकाश सुवेदी’पथिक’ले बादलले ‘पार्टी हित’मा उपयुक्त निर्णय लिने जानकारी दिए पनि बैठकमा सहभागी हुने या नहुनेबारे स्पष्टसँग केही बताएनन्।

यो पनि पढ्नुहोस्

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह

ओली पक्ष सहभागी नभए पनि सचिवालय बैठक रोक्दैनौँः प्रचण्ड–नेपाल समूह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?