विरोधमा थिचिएका प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत हाउको गोप्य मन्त्रणा

विरोधमा थिचिएका प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत हाउको गोप्य मन्त्रणा
+
-

काठमाडौँ-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पटकपटक विवाद आउँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मगंलबार राती ओलीलाई भेटेकी छिन्।

राजदूत हाउ र ओलीबीचको भेटघाट तथा त्यसको एजेण्डाबारे दुबैतर्फबाट केही खुलाइएको छैन।

तर ओलीको विपक्षमा नेकपा केन्द्रीय सचिवालयमा बहुमत बनेपछिको यो भेटघाट राजनीतिक परिस्थितिबारे र सरकारको स्थायीत्वमाथि नै केन्द्रीत रहेको बुझिएको छ।

करिव ८ बजे बालुवाटार छिरेकी राजदूत हाउ झण्डै साढे दुई घण्टापछि बाहिरिएकी थिइन्।

गत बैशाख १९ गते केन्द्रीय सचिवालयमा पहिलो पल्ट ओली अल्मतमा परेपछि राजदूत हाउले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलगअलग भेटेर भोलीपल्ट निर्धारित केन्द्रीय सचिवालय बैठकमा ओलीलाई सहयोग गर्न आग्रह गरेपछि प्रचण्ड र नेपाल एकाएक दुबैले ओलीविरुद्धको एजेण्डालाई स्थगित गरेका थिए।

त्योसँगै एकतावद्ध भएर अघि बढ्ने उनीहरुले निर्णय गरेका थिए, ओलीको राजीनाको माग गौण बनेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?