प्रचण्ड-नेपाल समूह भन्छ: सचिवालय बैठकको समय मिचेर मन्त्रिपरिषद् बैठक तोकियो, बालुवाटार ठाउँ नपाए धुम्बाराही बस्छौँ

प्रचण्ड-नेपाल समूह भन्छ: सचिवालय बैठकको समय मिचेर मन्त्रिपरिषद् बैठक तोकियो, बालुवाटार ठाउँ नपाए धुम्बाराही बस्छौँ
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा केन्द्रीय सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएपछि सचिवालय बैठक बसाल्ने अडानमा रहेका प्रचण्ड-नेपाल समूहका सदस्यहरु एकाएक झन तनावमा परेका छन्।

मगंलबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको पृष्ठभूमिमा ओलीले सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुको कारण के हो? भन्नेमा उनीहरुले तीव्र खोजी समेत गर्न थालेका छन्।

नेकपाको संकटग्रस्त राजनीतिले मुलुकमा अब के हुने हो भन्नेमा अनेक अड्कलबाजी भइरहेका बेला ओलीले आफै सामेल भएर सचिवालय बैठकबाट गराएको निर्णय अनुसार बसाल्न लागिएको सचिवालय बैठकको समय बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउने निर्णय गरेका हुन्।

ओलीले बुधबार दिउँसो १ बजे मन्त्रपरिषद्को आकस्मिक बैठक बोलाएको सूचना मन्त्रीहरुलाई पठाएका छन्। र, मन्त्रिपरिषद्को आकस्मिक बैठक सचिवालय बैठक तोकिएकै स्थानमा समेत हुने भएको छ।

गत कार्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकले आज १ बजे प्रधानमन्त्री निवास बालुवाटारको सचिवालय हलमा सचिवालय बैठक गर्ने निर्णय गरेको थियो। तर बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावपछि ओली पक्षमा झनै तनाव उत्पन्न भएको थियो।

ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, एकाधिकारवादी भएको, गुटबन्दी गरेको र सार्वभौमसत्तामाथिसमेत प्रहार हुनेगरी काम गरेको भन्दै ओलीलाई पद त्यागका लागि प्रचण्डले प्रस्तावमार्फत आग्रह गरेका थिए।

सोही प्रस्तावमाथि बुधबार निर्धारित सचिवालय बैठकमा छलफल गर्ने तयारी प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको थियो।

तर आफ्नो पद सुरक्षाका लागि ओलीले रातारात राष्ट्रपतिलाई भेटेर मन्त्रिपरिषद्को आकस्मिक बैठक तय गरेको बुझिएको छ।

बुधबारको मन्त्रिपरिषद् बैठकबाट ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने हुन् कि भन्ने आशंका बढेको छ।

प्रचण्ड–नेपाल समूहका एक सदस्यले देशसञ्चारसँग भने,‘सचिवालय बैठक तोकिएकै समयमा, सोही स्थानमा मन्त्रिपरिषद् बैठक बोलाइयो। यसको संकेत राम्रो छैन। तर हामी बालुवाटार बस्न पाएनौँ भने पार्टी मुख्यालय धुम्बाराहीमा गएर बस्नेछौँ। हाम्रो अडान फेरिएको छैन।’

प्रचण्ड–नेपाल समूहले ओलीको सहभागिता नभए पनि निर्धारित केन्द्रीय सचिवालय बैठक डाकेर स्थायी कमिटी बैठकको समय निर्धारण गर्ने तयारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?