सचिवालय बैठक ‘फेस’ गर्न केपी ओली तयार

सचिवालय बैठक ‘फेस’ गर्न केपी ओली तयार
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तोकिएकै समय अर्थात बुधबार दिउँसो १ बजे बस्ने र त्यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको बैठकसँग बाझिने गरि मन्त्रिपरिषदको बैठक बोलाएका थिए । तर त्यसपछि भएका छलफलले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सार्ने र सचिवालय बैठकमा ओली पनि सहभागी हुने तय गरेको हो ।

ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

ओली प्रचण्ड–नेपाल (माधवकुमार नेपाल) समूहको माग अनुसार दिउँसो १ बजे नै सचिवालय बैठक राख्न सहमत भएको सन्देश पौडेलले खुमलटार लगेका हुन् ।

त्यसपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सचिवालय बैठक तोकिएकै समयमा बालुवाटारमा बस्ने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् ।

यस्तै ओलीले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका छन् । विवाद समाधानको विकल्प वा उपायहरुबारे के गर्ने भने सचिवालयको बैठकले रणनीति बनाउने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?