सुरु भयो नेकपाको सचिवालय बैठक, ओली पनि सहभागी

सुरु भयो नेकपाको सचिवालय बैठक, ओली पनि सहभागी
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

पछिल्लो २४ घण्टामा नेताहरुको विभिन्न तहमा देखिएको सक्रियता तथा ओली पक्ष आफ्नो अडानबाट केही पछि हटेपछि फुटको संघारमा पुगेको नेपाको विवाद तत्कालका लागि केही मत्थर हुने संकेत देखिएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ओलीले एक पद छोड्नु पर्ने मागसहितको प्रस्ताव फिर्ता लिनु पर्ने अडानमा रहेका ओली सचिवालय बैठकमा सहभागी हुन तयार भएका थिए ।

ओली सहभागी नभए पनि सचिवालय बैठक बोलाउने तयारीमा जुटेको प्रचण्ड–नेपाल समूहले प्रचण्डको प्रस्तावमाथि छलफल अघि बढाएर स्थायी कमिटिको बैठक हुँदै संसदीय दलको बैठकसम्म पुगेर ओलीलाई राजीनामा दिन बाध्य पार्ने रणनीति बनाएको थियो ।

तर पछिल्लो विकसित घटनाक्रममा प्रचण्ड–नेपाल समूह प्रस्तावमाथि अर्को बैठकमा छलफल गर्न तयार भएर केही ‘सम्झौता’ गरेको देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?