
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर रहको प्रतिक्रिया दिएका छन्।
यसअघि प्रचण्डसँग भेट गरेर फर्केका महासचिव विष्णु पौडेलले पार्टीको परिस्थिति ‘गम्भीर, धेरै गम्भीर’ रहेको बताएका थिए।
लगत्तै अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर रहेको बताएका हुन्। तर पार्टीको याे समस्या समाधानहीन भने नरहेको उनले बताए।
देश सञ्चारसँग अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको परिस्थिति गम्भीर रहेको सत्य हो तर समाधानहीन भने होइन।’