
काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सन्देश पठाउँदै एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेका छन्।
पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङसँग करिब एक घन्टासम्म भएको भेटघाटमा नेकपा अध्यक्ष दाहालले आफूले केन्द्रीय सचिवालय बैठकमा ल्याएको प्रस्ताव पार्टी विभाजनका लागि नभएको जानकारी दिए। उनले नेम्वाङमार्फत प्रधानमन्त्री ओलीलाई सन्देश पठाउँदै भने, ‘एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोस्।’
नेम्वाङले यसबारे देशसञ्चारसँग जानकारी दिँदै आफूले दाहालसँग पार्टी एकता जसरी पनि बचाउन आग्रह गरेको बताए। उनले दाहालसँग भनेका थिए, ‘ संविधान र निर्वाचनमा गरिएका प्रतिबद्धता बचाउन पनि पार्टी एकता जोगाउनुपर्छ।’
नेम्वाङले दाहालसँग भेट्नुअघि ओलीसँग फोनवार्ता गरेका थिए।
अहिले पार्टी कार्यालय धुम्बाराहीमा ईश्वर पोखरेलले विभिन्न जिल्लाबाट नेताहरुसँग भेटघाट गरिरहेका छन्।