चाैरसिया हत्या घटनाका मुख्य अभियुक्त अझै पक्राउ परेनन्

चाैरसिया हत्या घटनाका मुख्य अभियुक्त अझै पक्राउ परेनन्
+
-

वीरगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको एक महिना बितेको छ । नेकपा कार्यकर्ताहरुबीच भिडन्त हुँदा चौरासियाको मृत्यु भएको थियो।

कार्तिक ६ गते पर्साको बिन्दबासिनी गाउँपालिका स्थित प्रसौनीमा नेकपा बिन्दबासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परि चौरसिया गम्भीर घाइते भएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे।

बिन्दबासिनी गाउँपालिका २ बहुअर्वा टोल निवासी चौरसिया नेकपा गाउँपालिका कमिटिका सचिव समेत थिए । टाउकोमा बाँसको भाटाले प्रहार गरेर हत्या गरिएका चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य एवं नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । तर, घटना भएको एक महिना बित्दासमेत प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गर्न सकेको छैन।

चौरसियाको हत्यामा संलग्न रहेका मध्ये सभासद गुप्तासहित ९ जना हालसम्म पनि फरार रहेको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी मनोजित कुँवरले जानकारी दिए।

उनले घटनामा संलग्न तीन जना मात्रै पक्राउ परेका तथा सभासद गुप्तासहित ९ जना हालसम्म पनि फरार रहेको बताए । उनले प्रहरीले फरार रहेका गुप्तासहित अन्यको खोजी तीव्र पारिएको बताए।

चौरसियाको हत्यामा संलग्न रहेका बिन्दबासिनी गाउँपालिका निवासी देवा सहनी, शोकदीन गदी र उत्तम भनिने निरञ्जन तिवारी गरी तीनजनालाई मात्रै प्रहरीले पक्राउ गरेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष