नेकपा विवाद

ओलीको प्रारम्भिक प्रस्ताव तयार, प्रचण्डको प्रस्ताव वितरण अनधिकृत भएको ठहर

ओलीको प्रारम्भिक प्रस्ताव तयार, प्रचण्डको प्रस्ताव वितरण अनधिकृत भएको ठहर
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको जवाफसहित पार्टीको आगामी रणनीतिसमेत समेटेर प्रारम्भिक प्रस्ताव तयार पारेका छन्।

नेकपाको प्रस्तावित केन्द्रीय सचिवालय बैठक आउन तीन दिन बाँकी रहेका बेला ओलीका तर्फबाट प्रारम्भिक प्रस्ताव तयार भएको ओली निकट उपप्रधानमन्त्री तथा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिएका छन्।

उनले बुधबार देशसञ्चारसँग भने, ‘प्रस्ताव तयार पार्ने काम हाम्रा लागि महत्वपूर्ण थियो। त्यसमा ढिलो गर्ने कुरा थिएन। हामीले सबै आरोपको हिसाबकिताव खोजेका छौँ। वास्तविकता लेख्नलाई समय नै धेरै कहाँ लाग्छ र?’

ओलीसँग असन्तुष्टि चुलिएपछि प्रचण्डले गत कार्तिक २८ गते ओलीविरुद्ध १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव, १० पृष्ठ लामो जवाफी पत्र पेश गरेका थिए। उक्त राजनीतिक प्रस्तावको अपनत्व ततकालै प्रचण्ड समूहका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले लिएका थिए।

मंसिर ३ को केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डको राजनीतिक प्रस्तावमा लगाइएको आरोपले आफ्नो राजनीतिक जीवनमै धक्का लागेको र त्यसको जवाफ दिन मंसिर १३ गतेसम्म समय लिने प्रस्ताव राखेका थिए। प्रचण्ड पक्षले त्यसलाई सकरात्मक प्रस्ताव भन्दै १३ गते सचिवालय बैठक राख्न सहमति जनाएको थियो।

तर ओलीले भनेका थिए, ‘यो आरोप या त सदर ठहरिनु पर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नु पर्‍यो। यो आरोप सहि ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनु पर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो।’

उक्त बैठकमा नेता पोखरेलले प्रचण्डको आरोपको बुँदागत रुपमा जवाफ दिने बताएका थिए। ओलीले नेता पोखरेलसँगै आफू निकट प्रभावशाली नेताहरुलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएका थिए।

यो बीचमा पार्टी एकता रक्षाका लागि ओली पक्षले प्रचण्डलाई आफ्नो राजनीतिक प्रस्ताव फिर्ताका लागि दबाब दिएपनि प्रचण्डले त्यो फिर्ता नगर्ने अडान लिइरहे। र, त्यसलाई ‘बुकलेट’का रुपका प्रकाशित गरी राष्ट्रव्यापीरुपमा वितरणको अभियानको थालनी गरिकसकेका छन् उनले। यो प्रस्ताव फिर्ता गरेमा आफू ओलीसँग झुकेको ठहरिने प्रचण्डको बुझाइ छ।

आफू निकट एक नेतालाई मगंलबार भनेका छन्, ‘यो प्रस्ताव पार्टी एकताको सुदृढीकरणका लागि आएको हो। यसलाई कसैले फिर्ता गर भन्दैमा फिर्ता गर्ने पक्षमा छैन। यो आम पार्टीपंक्तिमासमेत गइसकेको छ।’

यो बीचमा ओली पक्षबाट प्रचण्डले राजनीतिक प्रस्तावको जवाफ दिइसकेपछि दुबै अध्यक्षको साझा प्रस्ताव आएको खण्डमा मात्रै पार्टी फुटबाट जोगिने दबाब पनि प्रचण्डमाथि परेको छ।

पार्टी एकतालाई केन्द्रमा राखेर मेलमिलापका लागि दौढधुप गरिरहेका प्रचण्डसँग टाढिएका भनिएका पूर्वमाओवादी पृष्ठभूमिका प्रभावशाली नेताहरुले यसपटक प्रधानमन्त्री ओलीबाट गल्ती भएकाले त्यसअनुसार पार्टी कमिटी बैठकमा छलफल र निष्कर्ष निकस्नुपर्ने र त्यसलाई दुबै पक्षले आत्मसाथ गर्नुपर्नेमा जोड दिइरहेका छन्।

नेता टोबहादुर रायमाझी र हरिबोल गजुरेलले निरन्तर ओली र प्रचण्ड र उनीहरु पक्षधर नेताहरुसँग छलफल जारी राखेका छन्।

उनीहरुको साझा निष्कर्ष छ, ‘भदौ २६ को स्थायी कमिटी बैठकले ओलीको पक्षमा महत्वपूर्ण निर्णय गरेको थियो। निर्णय कार्यान्वयमा ओलीको कमजोरी रह्यो। उहाँबाट यसपटक गल्ती भएको छ। प्रचण्डले ओलीबाट अपमानित महशुस गर्नुभएको छ।’

प्रचण्ड पक्षका नेताहरुले आगामी तीन दिनपछि ओलीबाट कस्तो प्रस्ताव पेश हुन्छ त्यसैमा साझा प्रस्ताव, उनका दुबै पद र पार्टी एकताको भविष्य निर्धारण गर्ने साझा सन्देश दिइरहेका छन्।

प्रचण्ड पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु सहमतिको प्रयासमा रहेको, सहमतिका लागि अन्तिमविन्दुसम्म कोशिस गर्ने, सहमति नभएमा पार्टी निर्णयविहीन भएर नबस्ने बताएका छन्।

उनले देशसञ्चारसँग भने, ‘पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर हामीले सहमतिका लागि सक्दो प्रयास गरेका छौँ। सहमति हुनेमा हामीलाई आशा पनि छ। तर सहमति नभएमा पार्टी चुप लागेर बस्दैन। कमिटी बैठकहरुबाट कुनै न कुनै निर्णय पक्कै हुनेछ।’

यता सहमतिका लागि प्रयास भइरहेका बेला प्रचण्ड पक्षले एकतर्फी रुपमा सचिवालय बैठकमा पेश भएका आफ्ना राजनीतिक प्रस्ताव, जवाफी पत्र र बैठक बस्न अनुरोध गर्दै लेखिएको पत्र समावेश गरी ‘बुक लेट’का रुपमा राष्ट्रव्यापी रुपमा पठाउन थालेपछि ओली पक्षले त्यसलाई पार्टी विभाजनको रुपमा अर्थ्यायाएकाे छ।

नेता पोखरेलले यो कार्यलाई अनाधिकृत कार्य भनेका छन्। उनले भने, ‘छलफल र बहस भइरहेको छ। यस्तो बेला मेरो मात्रै पार्टी हो भन्ने सन्देशका साथ आफ्ना पत्रहरु मात्रै सर्कुलेट गर्नु गलत हो, यसको पनि हामी जवाफ माग्ने छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?