सचिवालय बैठकको पूर्वसन्ध्यामा बामदेवलाई भेट्न ईश्वर पोखरेल भैँसीपाटी

सचिवालय बैठकको पूर्वसन्ध्यामा बामदेवलाई भेट्न ईश्वर पोखरेल भैँसीपाटी
+
-

काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली शनिबार केन्द्रीय सचिवालय बैठकमा पेश गर्ने प्रस्तावले नेकपाको भविष्य निर्धारण गर्ने नेताहरुले दाबी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा ओली निकट नेता ईश्वर पोखरेलले असन्तुष्ट समूहका नेता बामदेव गौतमलाई भेटेका छन्।

नेता गौतमलाई भेट्न उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल शुक्रबार गौतम निवास भैँसीपाटीमा पुगेका हुन्।

गौतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले नेता गौतम र पोखरेलबीच भेट भएको पुष्टि गरेपनि उनीहरुबीच व्यक्तिगतबाहेक पार्टी र सरकारबारे कुनै पनि कुरा नभएको देशसञ्चारलाई बताए।

ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको समिकरणमा महत्वपूर्ण भूमिकामा रहेका गौतमलाई नेता पोखरेलले सचिवालय बैठकको पूर्वसन्ध्यामा भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।

विश्वस्त स्रोतका अनुसार आफूसँग असन्तुष्ट नेता गौतमलाई आफूतिर तानेर सचिवालयमा आफ्नो पक्षमा बहुमत बनाउने अन्तिम कसरतस्वरुप ओलीले पोखरेललाई  भैँसीपाटी पठाएका हुन्।

‘अझै केही बिग्रेको छैन। तपाईँ हामीसँगै आउनुहुन्छ भन्ने अहिले पनि विश्वास छ। सानोतिनो विषयमा हामी मनमुटाव नगरौँ, प्रधानमन्त्रीले पनि त्यही चाहानु भएको छ,’गौतमलाई पोखरेलले गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो।

तर गौतमले प्रधानमन्त्री ओलीबाट विगतमा पटक-पटक गल्ती भएको र अब आफूले पार्टी निर्णय नै मान्ने अडान लिएको स्रोत बताउँछ।

यसअघि पनि ओलीले नेता गौतमलाई बालुवाटार बोलाएर आफ्नो पक्षमा उभिन अनुरोध गरेका थिए। नेता गौतमलाई फकाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत जुटेकी थिइन्।

तर गौतमले आफू पार्टी विधि, पद्धति र सिद्धान्तमा चलोस् भन्ने अडानमा रहेको र कुनै पनि कुराले अब आफूलाई प्रभावित पार्न नसक्ने ओली र भण्डारीलाई प्रतिक्रिया दिएका थिए।

ओलीले आफूतिर तान्नका लागि गौतमलाई प्रथम उपप्रधानमन्त्री पदका लागि प्रस्ताव गरेको समेत बताइएको थियो।

नौ सदस्यीय सचिवालयमा ओलीविरुद्ध हाल नेता गौतमसहित पाँच जना सदस्य उभिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?