पूर्ण पाठसहित

बन्द खाममा बुझाए ओलीले प्रचण्डलाई जवाफ

बन्द खाममा बुझाए ओलीले प्रचण्डलाई जवाफ
+
-

काठमाडौँ– प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा आफ्नो प्रस्ताव राखेपछि त्यसमाथि अध्ययन र आवश्यक कारबाहीका लागि नेकपा सचिवालय बैठक आगामी मंसिर १६ गते बस्ने भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा असन्तुष्ट पक्षका तर्फबाट गत बैठकमा राखिएको प्रस्तावको प्रतिउत्तरमा ओलीले के लेखेका छन् त्यो भने स्पस्ट हुन सकेको छैन।

बालुवाटरमा शनिबार दिउँसो १ बजे बसेको बैठक करिब दुई घण्टापछि अन्त्य भएको थियो।

सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘कमरेड अध्यक्ष ओलीले पेश गरेको प्रस्ताव अध्ययन गरेर कसरी अगाडि बढ्ने, त्यसका लागि आगामी १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुमबाराहीमा सचिवालय बैठक बस्ने निर्णय गरिएको छ। प्रस्ताव हेर्न पाइएको छैन, त्यो बन्द खाममा प्राप्त छ।’

आजको बैठकमा अध्यक्षद्वय ओली–प्रचण्ड तथा वरिष्ठ नेता र उपाध्यक्षहरुले पार्टी एकतालाई बल दिनुपर्ने र विवादित विषय छलफल बहसबाट टुंग्याउनु पर्ने धारणा व्यक्त गरेको उनले बताए।

ओली र प्रचण्डबाट आएका प्रस्ताव अध्ययन गरी मंसिर १६ गते केन्दीय सचिवालय बैठकमा छलफल हुने र आवश्यक पर्दा त्यसलाई भोलिपल्ट पनि निरन्तरता दिन सकिने उनले बताए।

पार्टीको अहिलेको प्रयास संकट समाधानकै लागि भएको श्रेष्ठको भनाइ छ। सहि दिशा दिन पार्टी प्रतिवद्ध रहेको उनले बताए।

प्रवक्ता श्रेष्ठका अनुसार मंसिर १८ गते स्थायी कमिटी र त्यसको एक सातामा केन्द्रीय कमिटीको बैठक निर्धारित छ, जहाँ छलफलको क्रम जारी रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?