लेकसाइडमा माग्ने, पर्यटकलाई सास्ती

लेकसाइडमा माग्ने, पर्यटकलाई सास्ती
+
-

पोखरा – विश्वको उत्कृष्ट गन्तव्य मध्येको एक पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । बाह्य तथा आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्दै आएको पोखराको नामसँगै जोडिएर आउँछ फेवाताल । पोखरा भन्दा बित्तिकै फेवातालको सुन्दरताले जो कोहीलाई मोहित बनाउँछ ।

त्यसमाथि माछापुच्छ्रेको छायाँ कम मनमोहक छैन । यस्ता अनुपम दृश्यलाई कैद गर्ने देश भित्र र बाहिरका थुप्रै पर्यटक पोखराको लेकसाइड आउने गर्छन् ।

खुला सडकमा प्राकृतिक दृश्यको अवलोकन गर्दै आफ्नै सुरमा हिँडिरहेका पर्यटकलाई भने केही दृश्यले भने साह्रै सताउने गरेको छ । बाटो छेउ बसेर माग्नेहरुको उस्तै परे कपडा नै समातेर माग्ने गर्छन् । यस्तो व्यवहारले पर्यटकलाई दिक्क बनाइरहेको दृश्य पोखराको लेकसाइडमा देख्न सकिन्छ ।

पोखराको लेकसाइड गौरीघाट स्थित शिव मन्दिरमा छोरीसहित बसिरहेकी क्यानडाकी पर्यटक सान्द्रालाई सडक बालकले पैसा मागेर दिक्क बनाइरहेको बताइन् । उनले यसरी आफूलाई कपडामा समातेर जबरजस्ती पैसा मागेकोमा नराम्रो लागेको गुनासो गरिन् । त्यहाँबाट उठेर हिँड्नु परेको अनुभव समेत सुनाइन् ।

भारतीय मुलका महिला र साना साना नाबालकलाई काखमा च्यापेर पर्यटकसँग पैसा मागेका दृश्य लेकसाइड यस आसपास बग्रेल्ती देखिन्छन् । यसले नेपालको सडकमा हुने माग्नेको संख्याले त्यस देशको गरिबीलाई संकेत गर्छ । यद्यपि लेकसाइडका सडकमा भारतीय नागरिकको जमात बढी छ ।

एउटा मुलुकको पर्यटकीय स्थलमा अर्को मुलुकका नागरिकले देखाएको मगन्ते प्रदर्शनले नेपाल घुम्न आएका पर्यटकमा कस्तो सन्देश जाला ? पश्चिमाञ्चल होटल एशोसियशनका पूर्व अध्यक्ष भरत राज पराजुलीले नियामक निकायको मौनताले सडकमा रहेका भारतीय माग्नेका कारण असजिलो भएको बताउँछन् ।

उनी भन्छन् ‘कति मानवीयतासँग पनि जोडिन्छ, हेर्दा माया लाग्दो अवस्थामा बस्नेहरुले सहानुभुतिको व्यापार गरिरहेका छन् ।’ यसले पोखरा घुम्न आएका पर्यटकलाई भने राम्रो सन्देश नजाने उनी बताउँछन् ।

‘मुलुक भित्रका नागरिक एवम् बालबालिकालाई केही संघ संस्थाले आश्रयका लागि लैजाने गरे पनि, भारतीय महिला र उनीहरुको बालबच्चाको व्यवस्थापन भने चुनौती रहेको उहाँको भनाई छ । यसलाइ सबै मिलेर व्यवस्थापनमा जुट्नु पर्ने धारणा राख्छन् ।

ट्रेकिङ्ग एजेन्सिज अफ एशोसियन (टान) पश्चिमाञ्चलका उपाध्यक्ष हरि भुजेल भने पर्यटकीय एरियामा छ्याप छ्याप्ती बसेर पर्यटकलाई जबरजस्ती माग्ने गर्दा नेपालप्रतिको नकारात्मक सन्देश जाने बताउँछन् । उनी भन्छन् ‘उनीहरुको व्यवहार पर्यटक प्रति यति शोभनिय हुँदैन, सीधै कपडामा समात्न जाने र जबजस्ती गर्ने गर्छन् ।’

पर्यटकको बुझाइमा उनीहरु नेपाली नागरिक नै लाग्दछन् तर भारतीय नागरीकहरुबाट भइरहेका यस्ता गतिविधिले देशलाई बदनाम गराउने उनी बताउँछन् । केही समयअघि प्रशासन, सुरक्षा निकाय र पर्यटन व्यवसायीबिच छलफल भए पनि दीर्घकालीन निकास भने दिन नसकेको उनको भनाई छ । ‘यस बारेमा महानगरबाट प्रयास थालिनु पर्दछ, पर्यटन व्यवसायीलाई पनि यस्तो व्यवहारले लज्जित बनाएको छ ।’

केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति बद्री वाग्लेले नेपाली नागरिकको हकमा बालबालिकालाई बाल केन्द्र, अन्यलाई केही संघ संस्थाले पनि आश्रय दिने गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सीले सडकमा कुनै पनि बालबालिका र अन्य व्यक्ति रहनु राम्रो नभएको भन्दै महानगरले त्यसको व्यवस्थापनका लागि पहल गर्ने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?