जाडो बढ्दैछ, श्वासप्रश्वासम्बन्धी रोगबाट बच्न विशेषज्ञका यस्ता सुझाव

+
-

बिस्तारै काठमाडौँ लगायत देशभरको तापक्रम घटिरहेको छ। यही बेला अस्पतालमा विरामीहरुको संख्या पनि बढ्न थालेको छ। चिसोका कारण विभिन्न समस्या लिएर विरामी अस्पताल पुग्ने गरेका छन्। अझ यो वर्ष कोरोना भाइरस संक्रमणको त्रासले मानिसहरु स्वास्थ्यमा सामान्य समस्या देखिदै गर्दा समेत चेक जाँचका लागि अस्पताल पुग्ने गरेको चिकित्सहरुले बताएका छन्।

विभिन्न अस्पतालका ओपिडीमा बिरामी बढिरहेका छन्। चिसो बढ्दै जाँदा अत्यधिक रूपमा रुघाखोकी, दम, निमोनियाजस्ता रोगव्याधि लाग्ने गरेको छ।

चिसो मौसममा विशेषगरी छाती सम्बन्धी समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या धेरै हुनुको कारण के हो? के छ चिसो र छाती रोगको सम्बन्ध? चिसोका कारण निम्तिन सक्ने जटिलता? संक्रमणबाट जोगिनका लागि साबधानी उपनाउनु पर्ने उपाय के हुन सक्छन्? यही विषमा केन्द्रित भएर त्रि.वि शिक्षण अस्पतालका सह–प्राध्यापक एवंम् छाती रोग विशेषज्ञ डा. निरज बमसँग गरिएको कुराकानीः

जाडो र छातीको कस्तो सम्बन्ध छ?
चिसो मौसममा धेरै जसो विरामीहरु छातीको संक्रमण भएपछि अस्पताल आउने गरेका छन्। अझ भन्ने हो भने फोक्सो संक्रमण भनौँ न। ब्याक्टेरिया, भाइरस वा फङ्गसले श्वास नलीबाट प्रवेश गरेर फोक्सोको भित्री भागमा अन्तिम बिन्दु जसलाई हामी अल्भोलाइ भन्ने गछौँ, त्यही भाग र अल्भोलाइको बीचको भागमा संक्रमण गराएर निमोनिया रोग उत्पन्न हुन्छ।

यस्ता खालका बिरामीहरु चिसोमा बढी देखिन्छन्। यो प्रत्येक वर्ष चिसो समयमा यस्ता बिरामी बढिरहन्छन्। तर यो पटक भने बिरामीको संख्यामा वृद्धि भएको पाइएको छ। किनभने कोरोना भाइरस संक्रमणको त्रास संसारभर नै फैलिएको छ।

नेपालमा पनि संक्रमित विरामीले वार्डहरु भरिभराउ भइरहेका छन्। आस्पताल भर्ना भएका संक्रमित मध्ये सबै भन्दा धेरै फोक्सोका विरामी छन्।  चिसो मौसममा फोक्सोका विरामी बढ्ने र कोरोना भाइरसका कारण छातीका विरामीहरुमा वृद्धि भएको पाइएको छ।

जाडो बढ्दै छ, यो समयमा कस्तो खालको समस्या आउन सक्छन्?
चिसो मौसम भर्खरै सुरु भएको छ। तापक्रममा कमी आइरहेको छ। तर पनि जाडोको ‘पिक’ भागमा पुगिसकेका छैनौँ। पुसको मध्य तिरबाट एकदमै जाडो हुन्छ। अत्याधिक मात्रामा चिसो बढ्ने र शीतलहर चल्ने गर्छ। यो अवस्थामा विशेषगरी सरुवा रोग टाइफाइड, जन्डिस, मलेरिया, पखाला लागेका बिरामीहरुको कमी हुने गर्छ।

तर सरुवा रोगका विरामीका कमी आउँदै गर्दा श्वासप्रश्वास सम्बन्धी रोगका विरामीहरु बढ्ने गर्छन्। यो बेलामा मानिसहरु घर भित्रै बस्ने, कोठामा बस्दा झ्यालठोका बन्द गरेर गुम्सिएर बस्ने हुँदा संक्रमणको जोखिम बढी हुन्छ। विभिन्न प्रकारका भाइरसहरु श्वासप्रश्वासको माध्यबाट सजिलै सर्न सक्छन्।

त्यस्तै जाडो मौसममा घाम कम लाग्ने गर्छ, जसले गर्दा कुनै पनि मानिसमा ‘भिटामिन डी’ को कमी हुन सक्छ। विभिन्न अनुसान्धानका अनुसार सूर्यको किरणले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।  यो मौसममा विभिन्न कारणले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ।

वायू प्रदूषणका कारण यो समयमा स्वास्थ्यमा कस्तो समस्या देखिन्छन्?
वायू प्रदूषणका काराण पक्कै पनि संक्रमणको जोखिम बढी हुनछ नै। यसका कारण फोक्सो सम्बन्धी रोगी व्यक्तिहरु अस्पताल धेरै पुग्नेहरुको संख्या बढेर जान्छ। यो पटक त अझ धेरै बढेको छ। किनभने कोभिडको महामारी पनि छ। कोभिड संक्रमण भइसकेका बिरामीहरु छातीमा विभिन्न समस्या भएको भन्दै अस्पताल आइरहेका छन्।

त्यसैगरी अहिले हाम्रो वायूमा वाष्पीकरण कम मात्रामा हुने र ह्युमिडिटी पनि घट्ने भएका कारण हावा सुख्खा भइदिन्छ। हावा सुख्खा भइदिँदा धुवाधुलोका कणहरु बढ्ने, वायूको प्रदूषण पनि बढ्ने हुन्छ। यस्तो वायूको प्रदूषण बढेको हावा र सुख्खा हावा छातीमा संक्रमण गर्ने विभिन्न भाइरसका लागि उपयुक्त वातावरण बनिदिन्छ।

यो समयमा पानी पनि वायूमा नरहने हुँदा सुख्खा हावा हुन्छ। जसले गर्दा शीत पर्ने गर्छ। त्यही शीतको माध्यबाट सबै पानी तल झर्ने गर्छ। वातावरणमा रहने धुवाँ धुलोहरु थेग्रिन पाउँदैनन् र हावामा उडिरहन्छन्।

अहिले मात्रा नभएर चिसो मौसममा प्रत्येक वर्ष वातावरणमा प्रदूषणको मात्रा बढेर जान्छ। बादल लागेका कारण उक्त प्रदूषण धेरै माथिसम्म जान पाउँदैन। यसले गदाए प्रशस्त्र मात्रामा प्रवाह हुन पाउँदैन। जसले गर्दा धुँवा धुलोका कणहरु जमिनको सतह भन्दा ६ मिटर माथि बसिरहेका हुन्छन्। बादल लागेर आकाश खुल्ला नहुने भएका कारण त्योभन्दा माथि जान पाउँदैनन्। त्यसैले यो मौसममा वातावरणीय प्रदूषण उच्च बिन्दुमा पुग्ने गर्छ। चिसो तापक्रम भाइसरका लागि सुहाउँदो तापक्रम हुन्छ। यतिबेला संक्रमण गराउने यस्ता भाइरसहरुको क्षमता गुणात्मक रुपमा बढ्दै जान्छ। यस्ता भाइरस वायूमा प्रशस्त मात्रामा पाइने भएका कारण मानिसले लिने श्वासप्रश्वासका माध्यबाट फोक्सोमा संक्रमण बनाउन पुग्छन्। त्यसपछि निमोनिया लगायतका फोक्सोमा जटिल प्रकारका रोगहरु जाडो मौसममा धेरै देखिन्छन्। मानिसहलाई जाडो महिनामा रुघाखोकी छिटोछिटो लाग्ने हुन्छ। फ्लुका बिरामी धेरै अस्पताल आउने गरेको पाइन्छ।

श्वास प्रश्वास सम्बन्धी रोगबाट जोगिनका लागि के गर्ने?
सबै भन्दा पहिला चिसोबाट बच्नु पर्ने हुन्छ। जसरी विश्व व्यापी रुपमा कोभिडको जनचेतना मूलक कामहरु गरिएको छ, अन्य रोगहरुका लागि पनि त्यही नै हो। छातीमा संक्रमण बनाउने विभिन्न भाइरस पनि श्वासप्रश्वासका माध्यमबाट सर्ने भएको कारण हामीले यसलाई जीवन शैलीमै ढाल्न जरुरी छ। मास्कको अनिवार्य रुपमा प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, हातको सरसफाइमा ध्यान दिने, भिडभाडमा नजाने जस्ता कुराहरुलाई आफ्नो जीवन शैलीसँगै अगाडि बढाउनु पर्छ।
यो बाहेक शरीरलाई न्यानो राख्नका लागि घाम ताप्ने, न्यानो कपडा लगाउने, न्यानो तर भेन्टिलेसन युक्त कोठामा बस्ने गर्नु पर्छ। यसले गर्दा संक्रमणको जोखिम कम हुन सक्छ। अर्को अत्यन्तै महत्वपूर्ण कुरा भनेको धुम्रपान र मध्यपानबाट सधै टाढा रहनु पर्छ। र, भिटामिन, प्रोटिन युक्त खानपानमा ध्यान पुर्‍याउनुपर्छ।

कस्तो अवस्थामा अस्पताल जानु पर्छ?
पछिल्लो समय सरकारले आफूलाई अत्यन्तै आवश्यक नभएसम्म अस्पताल नजानु वा बाहिर ननिस्कनु भन्ने निर्देशन जारी गर्‍यो। यसले गर्दा धेरै मानिसहरु घर बाहिर निस्कन डराए। आफूलाई गाह्रो भएपनि अस्पताल पुग्न डराए। उनीहरु अत्यन्त जटिल परिस्थिति नआउन्जेल अस्पताल पुगेनन्। यसले गर्दा केही व्यक्तिको स्वास्थ्यमा गम्भीर समस्या देखियो भने कतिले ज्यान समेत गुमाए।
त्यसैले बिरामीले आफूले सेवन गरिरहेको औषधी नियमित सेवन गर्नु पर्छ। योसँगै स्वास्थ्यमा कुनै समस्या देखिएको खण्डमा जति सक्दो चाँडो अस्पताल पुगिहाल्नु पर्छ। स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्नुपर्छ।

चिसो र महामारीका बेला देखिन सक्ने जटिलता र यसका साबधानी के हुन सक्छन्?
मुख्यतया: चिसो मौसममा चिसो छातीभित्र गड्ने भएका कारण श्वास नली साँघुरेर जाने, चिसोको एलर्जी, फ्लू, भाइरस इन्फेक्सन बढी हुने हुन्छ। श्वास नली साँघुरो भयो भने श्वासप्रश्वासको प्रवाहमा गतिरोध उत्पन्न भई श्वास फेर्न कठिनाइ हुने हुन्छ।  यसबाट जोगिनका लागि उही सामाजिक सुरुक्षाका मापदण्डको सही रुपमा पालना गर्नु पर्छ।-

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?