
झापा – झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी भएको छ।
शुक्रबार बिहान भएको आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
बिर्तामोड नगरपालिका २ स्थित उक्त उद्योगमा भएको आगलागी केही बेरअघि नियन्त्रणमा आएको छ ।
बिहान ६ बजेतिर विद्युत सर्ट भइ प्लाई उद्योगमा आगलागी भएको हो। बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।