बुटवलमा प्रहरीको पेस्तोल खोसेर तस्करले चलाए गोली

बुटवलमा प्रहरीको पेस्तोल खोसेर तस्करले चलाए गोली
+
-

बुटवल – बुटवलको एक होटलमा तस्करहरु बसेको सूचना पाएर त्यहाँ पुगेको प्रहरीमाथि तस्करले गोली चलाएका छन् ।

गैँडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन् ।

बुटवलको मिलनचोकमा आइतबार बिहान राजमार्ग चौराह र मिलनचोकको बिचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

गोली लागेर घाइते भएका एकजनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ।

उनको चिउडोमा गोली लागेको छ। उनको परिचय नखुलेको प्रहरीले बताएको छ।

पेस्तोल खोसिएका प्रहरी भने सकुशल छन् । होटलमा बसेकाहरूले खाग तस्करी गरेर ल्याएको सूचनाका आधारमा होटलमा गएको प्रहरीकै पेस्तोल खोसेर गोली चलाएका थिए। तस्करमध्येका एकजनाले हानेको गोलीले तस्कर समूहकै अर्का एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरीले होटलबाट दुईजनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन्। बुटवलमा प्रहरी परिचालन गरेर उनीहरुको खोजी तीव्र पारेको प्रहरीले जनाएको छ। गैँडाको खाग भने प्रहरीले नियन्त्रणमा लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?