ओलीको ताजा आग्रह– प्रचण्डको पत्र र आरोप फिर्ता लिइयोस्

ओलीको ताजा आग्रह– प्रचण्डको पत्र र आरोप फिर्ता लिइयोस्
+
-

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आइतबार आयोजित पार्टी स्थायी कमिटी बैठकमा पत्रमार्फत अर्का अध्यक्षले पेश गरेको प्रस्ताव र उनीविरुद्ध लगाइएको आरोप फिर्ता गर्न आग्रह गरेका छन्।

उपप्रधानमन्त्री ईश्वर पाेखरेलमार्फत पठाइएको र उनैले स्थायी कमिटीको प्रारम्भमै वाचन गरेको ओली पत्रमा प्रचण्ड प्रस्तावसँगै त्यसमार्फत लगाइएका सम्पूर्ण आरोप फिर्ता हुनुपर्ने माग राखेका हुन्। उनले आरोपहरु निराधार भएकोले त्यसमा बहश हुन नसक्ने तर्क पेश गरेका छन्।

उनले सन्देशमार्फत यी दुई शर्त पूरा नभएसम्म अर्थात प्रचण्डको पत्र र आरोप फिर्ता नभएसम्म स्थायी कमिटी  बैठकमा आफू उपस्थित नहुने पनि स्पष्ट पारेका छन्।

स्थायी कमिटीले  त्यसबारे के प्रतिक्रिया देला संकेत पाइएको  छैन, तर पोखरेलले त्यो पत्र वाचन गरेपछि अर्का अध्यक्ष प्रचण्डले करिब १५० मिनेटको सम्बोधन गरेका थिए।

तर ओली पत्रपछि भोलि हुने स्थायी कमिटी बैठक मंसिर २८ गते, र मंसिर २५ का लागि निर्धारित केन्द्रीय कमिटी बैठक पुस ५ का लागि सारिएको छ।

आजको स्थायी कमिटी बैठकमा अनुपस्थित ओलीले बिहान एक घण्टाभन्दा बढी समय राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए।

यो पनि पढ्नुहोस्

अध्यक्ष ओलीको पत्र आउनु भनेको उनको भौतिक उपस्थिति बराबर: रावल

अध्यक्ष ओलीको पत्र आउनु भनेको उनको भौतिक उपस्थिति बराबर: रावल

नेकपाको अर्को स्थायी कमिटी बैठक २८ गते, केन्द्रीय कमिटी पुस ५ गते

नेकपाको अर्को स्थायी कमिटी बैठक २८ गते, केन्द्रीय कमिटी पुस ५ गते

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?