प्रचण्ड लचिलो बन्ने र स्थायी कमिटि बैठक अगावै सहमति हुने ओली पक्षको विश्वास

प्रचण्ड लचिलो बन्ने र स्थायी कमिटि बैठक अगावै सहमति हुने ओली पक्षको विश्वास
+
-

काठमाडौँ – उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को द्वन्द्व आगामी स्थायी कमिटि बैठक अगावै मत्थर हुने खासगरी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्ष विश्वस्त देखिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण अर्का कार्यकारी अध्ष्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लचिलो बन्ने संकेत पाएको र त्यसैअनुसार उनीसँग सम्झौता गरेर विवाद समाधान गर्न ओली पक्ष जुटेको हो।

ओलीको अडान र इच्छाविपरित यही मंसिर २१ गतेको स्थायी कमिटि बैठकले ओली र प्रचण्डको राजनीतिक दस्ताबेजलाई आफ्नो कार्यसूचि बनाउने निर्णय सार्वजनिक गरेको थियो।

आफूमाथि संगीन आरोप मात्रै लगाइएको प्रचण्डको ‘आरोपपत्र’माथि छलफल गर्न नसकिने भन्दै त्यो फिर्ता गर्नुपर्ने अडानसहित स्थायी कमिटि बैठकमा ओली अनुपस्थित भएका थिए।

००

ओली निकट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अध्यक्षद्वयबीच संवाद सुरु भइसकेको र अब वार्ताबाटै सहमति हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले भने,‘१९ गते साँझ उहाँहरुको टेलिफोनमा लामो वार्ता भयो। भोलिपल्ट २० गते सचिवालय बैठक अघि बालुवाटारमा वान टु वान र्वार्ता भयो। २१ गते स्थायी कमिटि बैठक आयोजना भएको दिनको बिहान पनि उहाँहरुले टेलिफोनमा लामो वार्ता गर्नु भएको छ। यो बीचमा वार्ताका लागि दुवै तर्फबाट पहल हुनेछ र सहमति हुन्छ भन्नेमा मलाई विश्वास छ।’

नेता नेम्वाङले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई राजनीतिक असहमतिका रुपमा लिएकाले त्यसबारे छलफल केन्द्रीत गरेर हाल दुवैका प्रस्ताव संग्रालयमा राखेर साझा प्रस्ताव निर्माण हुने र त्यो आगामी स्थायी कमिटि बैठकको कार्यसूचि हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्।

उनले भने,‘हामीसँग पार्टी बचाउनुपर्ने सबैभन्दा ठूलो दायीत्व छ। यसलाई सम्झिएर नेताहरुले आफूलाई लचक बनाउनुहुन्छ भन्ने संकेत मैले पाइसकेको छु। र, मेलमिलापका लागि म पनि उत्तिकै खटिएको छु।’

यता प्रधानमन्त्री ओली निकट स्थायी कमिटि सदस्य एवं गण्डगी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नेता नेम्वाङको जस्तै संकेत गरे।

खासगरी प्रचण्ड नेकपाको विवादसँगै हाल उत्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले लचिलो बन्न बाध्य हुने गुरुङको बुझाई छ।

नेता गुरुङका अनुसार नेकपाको विवादसँगै विदेशीहरुको चलखेल सुरु भएको छ।

प्रचण्डले मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रचण्डले आफूलाई चीन समर्थक र ओली भारतसँग सम्बन्ध सुधार गर्न खोजेको भन्दै भारतीय जनता पार्टीको मुखपत्रले लेखेको प्रसंग सुनाएका थिए।

त्यसबाट आफू भावुक पनि भएको प्रचण्डले बैठकमा सुनाएको गुरुङले बताए। यस्तै मुलुकमा हाल राजतन्त्रका पक्षमा बढ्दै गएको आवाजले पनि प्रचण्डलाई संवदेनशील बनाएको छ। त्यसबाट प्रचण्डले सकेसम्म सहमतिमै अघि बढ्ने मानसिकता बनाएको गुरुङको भनाई छ।

उनले भने,‘आफ्नो अडान जायज भएकाले ओली स्थायी कमिटि बैठकमा सहभागि हुनु भएन। प्रचण्डले लचिलो बन्दै एक सातापछि मात्रै स्थायी कमिटि बैठक डाक्ने निर्णय गर्नु भयो। यति लामो समय प्रस्ताव अध्ययनका लागि मात्रै दिइएको होइन। यो बीचमा ओलीसँग सहमति होस् भन्ने भित्रि उद्देश्य प्रचण्डको पनि छ।’

प्रचण्डको मनस्थिति बुझेर अहिले ओली पक्षका नेताहरु मात्रै होइन ‘मध्यमार्गी’ नेताकारुपमा चिनिएकाहरु पनि खुमलटार र बालुवाटार धाउन सुरु गरेका छन्।

तर प्रचण्ड र उनलाई साथ दिइरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले यसपटक ओलीसँग कुनै पनि सम्झौता नगर्ने, पार्टी कमिटीको बहुमतबाटै उनलाई हटाउने अडान कायैम राखेको छ। यो पक्षका स्थायी कमिटि सदस्यहरु झनै आक्रोशित छन्।

उनीहरुले पार्टीको अध्यक्ष भएर बैठकमा सहभागी नभई पार्टी भन्दा माथि आफू रहेको सन्देश ओलीले दिएको र यस्तो स्वेच्छाचारी शैलीको अन्त्य हुनुपर्ने माग गरेका छन्।

स्थायी कमिटि सदस्य अष्टलक्ष्मी शाक्यले ओलीले बैठकलाई छलेर, विधि र प्रक्रिया मिचेर कुनै पनि सहमति र काम गर्न नपाउने अडान लिएकी छन्।

उनले भनिन्,‘सहमतिको व्यवहार प्रधानमन्त्री ओलीबाट भएको छैन। अब पार्टीको निर्णय मान्नु पर्ने मात्रै उहाँसँग विकल्प छ। आगामी बैठकबाट भाग्दा उहाँलाई ठूलो घाटा लाग्नेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?