सहमतिका लागि ओली पक्षसँग विकल्प अनेक, दलकै नेताबाट हटाउने चालमा प्रचण्ड-नेपाल पक्ष

सहमतिका लागि ओली पक्षसँग विकल्प अनेक, दलकै नेताबाट हटाउने चालमा प्रचण्ड-नेपाल पक्ष
+
-

काठमाडौँ- नेकपामा एक साताका लागि स्थगित स्थायी कमिटी बैठकको ‘काउण्टडाउन’ सुरु भएको छ। योसँगै आगामी २८ गते प्रस्तावित स्थायी कमिटी बैठकमा विवादको मुख्य पात्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितालाई लिएर पनि अड्कलबाजीको ग्राफ उक्लिएको छ।

अन्तिममा ओलीकै लागि पनि बैठक स्थगित गर्ने सम्भावना पनि जीवितै छ। यद्यपि अघिल्लो बैठकमै एजेण्डा मिलिसकेकाले आगामी बैठकमा ओलीको उपस्थिति रहनेमा उनी पक्षधर नेताहरु विश्वस्त देखिन्छन्।

तर ओलीका प्रतिद्वन्द्वी पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष भने एजेण्डामा सहमति भइनसकेकाले आगामी बैठकमा ओलीको उपस्थितिबारे आफूहरु अनविज्ञ रहेको दाबी गर्छन्।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पछिल्लो स्थायी कमिटी बैठकमा प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने ओलीले शर्त राखेपछि प्रचण्डले एक कदम पछि हटेर बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ मात्रै राखेको र अब बैठकमा ओलीको सहभागिताका लागि ढोका खुलेको बताउँछन्।

स्थायी कमिटी सदस्यसमेत रहेका उनी भन्छन्, ‘प्रधानमन्त्रीले चाहेअनुसार आफ्नो प्रस्ताव फिर्ता नलिएपनि कमरेड प्रचण्डले स्थायी कमिटी बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ राख्ने निर्णय त्यसै दिन गर्नु भएको हो। त्यसले प्रधानमन्त्री ओलीलाई आगामी बैठकमा सहभागी हुन बाटो खुलेको छ।’ तर प्रचण्ड पक्षका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकको एजेण्डामा सहमति भइनसकेको बताउँछन्।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भएका टेलिफोन संवाद र ‘वान टु वान’ड वार्ताले संवादको ढोका खुलेको र बुधबारको एक घण्टा लामो छलफल सहमति उन्मुख भएको दाबी गर्छन्।

 

उनी भन्छन्, ‘त्यसदिन प्रधानमन्त्रीले प्रचण्डजीको प्रस्ताव फिर्ता हुनुपर्ने अडानसहित पत्र पठाउनुभयो। प्रचण्डजीले त्यसो हुन सक्दैन, पत्र सबैको हातहातमा पुगिसक्यो। एउटा तार्किक निष्कर्षसहित यसलाई विस्तापन गर्न सकिन्छ भन्दै प्रस्ताव अध्ययनका लागि एक साताको समय दिनुभएको हो।’

श्रेष्ठका अनुसार बैठकको एजेण्डा ‘पार्टीको आन्तरिक समस्यामाथि छलफल’ भनिएको भएपनि त्यसअन्तर्गत प्रस्तावमाथिको छलफल पनि समावेश हुने र त्यसैअनुसार स्थायी कमिटी सदस्यहरुलाई प्रस्ताव वितरण गर्न दिइएको हो।

सहमतिका लागि दौडधूप तीव्र

प्रवक्ता श्रेष्ठले त्यो बेला भनेजस्तै यो समय सहमतिको अधिकतम प्रयासका लागि पनि छुट्याइएको हो। त्यसका केही संकेतहरु देखा परेका छन्। बुधबार ओली र प्रचण्डबीच एक घण्टा लामो छलफल भयो।

स्थायी कमिटी बैठक बस्नुपूर्व उनीहरुले टेलिफोनमा संवाद गरेका थिए। अघिल्लो दिन सचिवालय बैठक अघि २६ दिन लामो संवादहीनता तोड्दै उनीहरु ‘वान टु वान’ वार्तामा पनि जुटे। त्यसको पृष्ठभूमिमा उनीहरुको १९ गते साँझ टेलिफोनमा वार्ता समेत भएको थियो।

फाइल तस्बिर

बुधबार ओली र प्रचण्डबीच भेट भएको पुष्टि गरेपनि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उनीहरुबीच कुनै ठोस सहमति नभएको आफूले जानकारी प्राप्त गरेको बताउँछन्।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले बोलाएपछि अध्यक्ष प्रचण्ड बालुवाटार जानु भएको हो। उहाँहरुबीच कुनै ठोस सहमति भएको छैन। पार्टीका समस्याबारे सामान्य कुराकानीमा उहाँहरु सीमित भएको भन्ने सूचना मात्रै मैले पाएको छु।’

तर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने यसअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच भएका टेलिफोन संवाद र ‘वान टु वान’ड वार्ताले संवादको ढोका खुलेको र बुधबारको एक घण्टा लामो छलफल सहमति उन्मुख भएको दाबी गर्छन्।

उनी भन्छन्, ‘पार्टी यस्तो मोडमा पुगिरहेका बेला अध्यक्षद्वयबीच एक घण्टा लामो छलफल हुनुले सहमतिको संकेत मिलेको छ। आगामी स्थायी कमिटी बैठकसम्म त्यसले मूर्तरुप पाउँछ भन्ने विश्वास छ।’ ओली निकट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि अध्यक्षद्वयको छिट्टै नै मेलमिलाप हुनेगरी आफूहरु लागि परेको सुनाउँछन्।

नेकपामा जब बैठकहरु स्थगित हुन्छन् तब ‘कुलिङ पिरियड’ भन्दै ओली र प्रचण्डबीच सहमति गराउन दौडधूप तीव्र पारिन्छ। अहिले पनि सहमतिका लागि दौडधूप गर्नेहरुले विकल्पहरुका चाङ लगाउन थालेका छन्।

उनी भन्छन्, ‘पार्टी एकताको रक्षाका लागि मिल्नुबाहेक अर्को विकल्प अध्यक्षहरुले नै देखिरहनु भएको छैन। उहाँहरुले केही विषयमा एकअर्कासँग चित्त दुखाएपनि पार्टी एकता ठूलो कुरा हो भन्ने बुझ्नु भएको छ। त्यसका लागि पहलकदमी दुवै पक्षबाट सुरु भएको छ।’

ओली निकट अर्का प्रभावशाली नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसपटक ओलीलाई भन्दा प्रचण्डलाई मिल्नका लागि दबाब परेको सुनाउँछन्। उनी भन्छन्, ‘झगडा गर्दा विदेशीले प्रचण्डजीलाई कसरी तुलना गर्दा रहेछन् भन्ने स्पष्ट भएको छ। भारतविरोधी, चीनतिर ढल्किएको भन्नेहरु बढ्न थाले। यस्तै मुलुकमा पनि गणतन्त्रका विरुद्धमा नाराबाजी बढ्न थालेको छ। नेकपा झगडामै अल्मलिएकाले यस्तो नारा लाग्न थालेको भन्ने प्रचण्डजीको बुझाइ छ। त्यसैले जसरी पनि मिल्नुपर्छ भन्नेमा उहाँ पुग्नु भएको छ। अब असहज छैन।’

सहमतिका लागि विकल्पहरुका चाङ

नेकपामा जब बैठकहरु स्थगित हुन्छन् तब ‘कुलिङ पिरियड’ भन्दै ओली र प्रचण्डबीच सहमति गराउन दौडधूप तीव्र पारिन्छ। अहिले पनि सहमतिका लागि दौडधूप गर्नेहरुले विकल्पहरुका चाङ लगाउन थालेका छन्।

ओली निकट नेता पृथ्वीसुब्बा गुरुङ अब पार्टी एकताको रक्षाका लागि भागबण्डासहित ‘प्याकेज’मा सहमति गर्नुपर्ने अडानमा छन् र उनले ओलीसमक्ष यसैअनुसार सुझाव पनि पेश गर्न थालेका छन्।

उनी अहिलेको विवाद कुनै विचार, सिद्धान्त र पद्धतिका लागि नभई भागबण्डाका लागि भएकाले भागबण्डामै सहमति गरे पार्टी एकता जोगिने तर्क गर्छन्।

उनले सुझाएका चार विकल्पमध्ये पहिलो सचिवालय नालायक भइसकेकाले यो भन्दा बाहिरका नेताको संयोजकत्वमा माहाधिवेशन आयोजक कमिटी गठन गर्ने हो।

दोस्रोमा ओली, प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई बराबरी समावेश गरी मन्त्रिमण्डल पुनर्गठन गर्ने। तेस्रोमा भागबण्डामै राजनीतिक नियुक्तिहरु गर्ने र चौथोमा पार्टी एकताको बाँकी काम पुरा गर्न कार्यदल गठन गर्ने।

नेता नेम्वाङका अनुसार स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव निर्माण गर्ने र भदौ २६ कै सहमतिलाई पुनव्र्याख्या गर्न कार्यदल गठन गर्ने सम्भावना पनि उत्तिकै छ।

तर प्रचण्ड-नेपाल पक्षको आक्रोश जारी रहेमा र निकै असहज अवस्था आएको खण्डमा ओलीले पार्टी अध्यक्षबाट राजीनामा दिन दिने र प्रधानमन्त्रीमा रहिरहने विकल्पबारे पनि ओली खेमामा उत्तिकै छलफल भइरहेको छ।

अनि प्रधानमन्त्रीबाट पनि आफूले हात धुनुपर्ने अवस्थामा आएमा आफू निकट नेता सुवास नेम्वाङलाई आफ्नो उत्तराधिकारी बनाउने विकल्पबारे ओलीले सोचिरहेको उनी निकट एक स्थायी कमिटी सदस्य बताउँछन्।

ती सदस्य भन्छन्,‘पूर्वघोषणा अनुसार महाधिवेशन अघि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिने सम्भावना छैन। तर पनि पार्टी जोगाउनुपर्ने बाध्यात्मक अवस्थामा ओलीले केहीसिप नलागे पार्टी अध्यक्ष पद त्याग गर्नुहोला। तर त्यस्तो अवस्था आएको खण्डमा प्रचण्डले भने एकलौटी पार्टी चलाउने जिम्मा भने पाउने छैनन्।’

बदलिएको छैन प्रचण्ड-नेपाल पक्ष

ओली पक्षले केही लचिलो बनेको संकेत गर्दै अनेक विकल्पबारे छलफल तीब्र पारे पनि प्रचण्ड–नेपाल पक्षले आफ्नो अडान नफेरिएको बताउँछ। ओली पक्षबाट ‘अफर’हरु पनि आउने क्रम रोकिएको छैन। खासगरी बामदेव गौतम र माधवकुमार नेपाल निवासको दैलोमा अहिले पनि ओली पक्षका कुनै न कुनै नेता पुगिरहेका छन्।

गौतमलाई आगामी चुनावी प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्षको ‘अफर’ आइरहेको नेपाल निकट एक केन्द्रीय सदस्य भन्छन्। तर पार्टी बैठकमा ओलीलाई जसरी पनि सामेल गराउने र उनी सहभागि भएकै बैठकबाट उनलाई हटाउने निर्णय गर्ने अन्तिम दाउ यो पक्षको देखिन्छ।

प्रचण्ड-नेपाल पक्षका एक सचिवालय सदस्य भन्छन्,‘सहमतिका लागि संवादका ढोका खुल्ला छ। तर ओलीको कार्यशैली परिवर्तन गर्न उनको विकल्प नै हामीले खोजेका हौँ। अन्तिममा दलको नेताबाट उनलाई हटाउने विकल्प त हामीसँग सुरक्षित छ नि।’

ती सदस्यले ओलीको चाहना अनुसार प्रचण्डको प्रस्ताव सहज रुपै फिर्ता हुने सम्भावना छैन। त्यसैले ओली आगामी स्थायी कमिटी बैठकमा सामेल हुनेमा पनि उनी विश्वस्त छैनन्।

मन्त्रिमण्डल पुनर्गठनबाट सुरु भएको नेकपाको पछिल्लो पटकको विवाद ओली र दाहालले एकअर्कालाई आरोपप्रत्यारापमा पत्र लेख्ने स्थितिमा आइपुगेको छ। अझ स्पष्ट भन्दा, खासगरी ओलीको कार्यशैलीविरुद्ध प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गर्ने या नगर्ने भन्नेमा पुगेर रोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?