
झापा– प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता राजेन्द्र लिङदेनको उपचार ललितपुरको मेडिसिटी अस्पतालमा हुने भएको छ।
सांसद लिङदेनलाई लिएर नेपाली सेनाको नाइट भिजन हेलिकप्टर झापाको चन्द्रगढी विमानस्थलबाट केहीबेर अघि काठमाडौँतर्फ उडेको छ।
निमोनियाले सिकिस्त भएकाले थप उपचारका लागि उनलाई मेडिसिटी लैजाने तयारी भएको थियो।
केहीबेर अघिसम्म उनको झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालको सघन उपचार कक्षमा उपचार भएको थियो।
बिहीबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई बिएण्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
भर्ना गर्दा जति अक्सिजन चाहिन्थ्यो साँझसम्म आइपुग्दा शरीर अझ बढी अक्सिजन चाहिन थालेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए।
केही दिनअघि उनको कोरोना परीक्षण पनि गरिएको थियो। त्यो बेला रिपोर्ट नेगेटिभ आएको थियो। विगत केही दिन अस्वस्थ्यताका कारण सांसद लिङदेन घरमै आराम गरिरहेका थिए।