भाञ्‍जीको बिहेमा आएका मामाको शव कुलोमा भेटियो

भाञ्‍जीको बिहेमा आएका मामाको शव कुलोमा भेटियो
+
-

पर्सा- वीरगञ्ज महानगरपालिका वडा न. ३२ परसवामा एक व्यक्तिको शब फेला परेको छ। स्थानीय ४७ वर्षिय सुरेन्द्र साह सोनारको शब गाउँकै कुलोमा भेटिएको हो।

सोनारको दुबै आँखा निकालेको अवस्थामा शब फेला परेको हो। बिहीबार साँझ घरबाट पैसा लिन बाराको सिमरा हिडेका सोनारको शब शुक्रवार दिउँसो १२ बजे फेला परेको प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरिक्षक राजाराम यादवले जानकारी दिए।

वडा नम्बर ३२ कै बसन्त नगर टोल घर भएका सोनार आफनी भाञ्जीको बिहेमा परसवा टोल आएका थिए ।बिहीबार भाञ्जीको घरबाट पैसा लिनको लागि सिमरा हिडेका सोनार अबेर राति सम्म घर फर्केका थिएनन्।

प्राय: रक्सी सेवन गरिरहने भएकाले परिवारजनले राति खासै खोजी नगरेको प्रहरी सहायक निरिक्षक यादवले बताए। स्थानीय महिलाहरुले कुलोमा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी परवानीपुर र मिलन चोकबाट पुगेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’