
झापा – कोरोना भाइरसको संक्रमणले देशलाई गाँजेको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भिडभाड हुने हरेक स्थानमा स्वास्थ्य प्रोटोकोल पालना गर्न अनुरोध गरिरहेका छन् ।
भौतिक दूरी कायम गर्नु, हात धोइ रहनु तथा मास्क लगाउनु यस्को संक्रमण रोक्ने प्रमुख उपाय भनेर चिकित्सकले पनि भन्ने गरेका छन् ।
सुरक्षित हवाई यात्राका लागि यी सबै उपाय अपनाउनु पर्ने हो। तर सुरक्षित मानिएको हवाई यात्रा पनि असुरक्षित बन्दै गएको छ।
अनुगमन कसैको छैन। यात्रु तँछाड मछाड गर्दै हवाई यात्रा गरिरहेका छन् ।
देशभरका विमानस्थलमा अहिले स्वास्थ्य मापदण्ड अपनाउने कुरामा ध्यान गइरहेको पाइँदैन। त्यस्मा झापाको चन्द्रगढी विमानस्थल पनि पर्दछ।
नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी कार्यालयका सूचना अधिकारी किशोर खत्रीका अनुसार स्वास्थ्य मापदण्ड पालना भए नभएको हेर्नका लागि एक जना व्यक्तिको व्यवस्था गरिएको छ।
त्यति हुँदा हुँदै पनि विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना भएको छैन।
चन्द्रगढीमा भिडभाडको अवस्थाका तस्वीर देशसञ्चार संवाददाता उमाकान्त खनालले क्यामेरामा कैद गरेका छन्।