संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशलाई लिएर नेकपा असन्तुष्ट समूहको आपत्ति, अध्यादेश तत्काल फिर्ता हुनुपर्ने प्रचण्डको माग

संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशलाई लिएर नेकपा असन्तुष्ट समूहको आपत्ति, अध्यादेश तत्काल फिर्ता हुनुपर्ने प्रचण्डको माग
+
-

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश लाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ती जनाउँदै त्यो तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन्।

राष्ट्रपति भण्डारीले मगंलबार उक्त अध्यादेश जारी गरेकी थिइन्। प्रचण्डले संसद बैठक बस्न १८ दिन मात्रै बाँकी रहेका बेला आफूहरुसँग कुनै पनि सल्लाह र परामर्श नगरी पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको र त्यो तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भनेका छन्,‘ संसद बैठक बस्न केही दिन मात्रै बाँकी थियो। सबै राजनीतिक पार्टीले बैठक बोलाउन भनिरहेका थिए। एकाएक पार्टीसँग कुनै पनि सल्लाह नगरी अध्यादेश जारी गर्नु आपत्ती जनक छ। यसमा गम्भीर आपत्ती छ। यो अध्यादेश तत्काल फिर्ता हुनुपर्छ।’

यसैबीच अध्यादेशलाई लिएर ओलीविरुद्ध उत्रिएका आफ्ना समूहका सदस्यहरुसँग छलफल गर्न आजै आकस्मिक बैठक बोलाएका छन्। बैठक बस्ने तयारी भइरहेको उक्त समूहका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्।

श्रेष्ठले पनि अध्यादेश जारी भएकोमा आपत्ती जनाएका छन्। उनले देशसञ्चारसँग भने,‘अचानक अध्यादेश जारी गरिनु आपत्तीजनक छ । यसविषयमा छलफल गर्न र सामूहिक धारणा बनाउन हामी आजै बैठकमा बस्दै छौँ।’

यता असन्तुष्ट समूहका नेता झलनाथ खनालले पनि यो विषयलाई लिएर आपत्ती जनाएका छन्। उनले भने,‘ हामी विवाद समाधानको प्रयासमा थियौँ तर अपेक्षा भन्दा बाहिर गएर सरकार र राष्ट्रपतिबाट काम भएको छ। त्यसबारे हााम्रो गम्भीर छलफल हुन्छ।’

यसै समूहका स्थायी कमिटी सदस्य जनार्दशन शर्माले अध्यादेशलाई लिएर आपत्ती जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्,‘सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ! अध्यादेश फिर्ता गर।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?