
काठमाडौँ-कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि आफ्नो पार्टीको प्रष्ट विमति रहेको भन्दै उनले ओली सरकारमा सर्वसत्तावाद सोच झनै प्रष्टिएको बताएका छन्।
उनले ट्विटरमा लेख्दै भनेका छन्, ‘ उपपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !
— Sher Bahadur Deuba (@DeubaSherbdr) December 15, 2020