
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेतासँग परामर्शमा जुटेका छन्।
स्थायी कमिटिको बैठक सुरु हुन नसकेका बेला प्रचण्ड बालुवाटारमै ओली पक्षका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङसहितसँगको परामर्शमा रहेका हुन्।
दिउँसो १ बजेका लागि स्थायी कमिटि बैठक तय भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। आफूहरु प्रधानमन्त्री ओलीलाई पर्खिएर बसेको र प्रचण्ड ओली पक्षीय नेताहरुसँग छुट्टै परामर्शमा रहेको स्थायी कमिटि सदस्य गणेश मण्डलले जानकारी दिए।