ओलीलाई दुवै पद छोड्न प्रचण्डको आग्रह, दुईबीच दोस्रो बैठक

ओलीलाई दुवै पद छोड्न प्रचण्डको आग्रह, दुईबीच दोस्रो बैठक
+
-

काठमाडौँ – नेकपाका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न माग गरेपछि टुंगिएको अध्यक्षद्वयको बैठक फेरि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रचण्डले ओलीलाई दुवै पदबाट राजीनामा गरेपछि मात्रै विवाद टुंगिने र एकता कायम हुने सल्लाह दिएपछि ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए।

यस्ता माग र अन्य लान्छना सुन्न स्थायी कमिटि बैठकमा नआउने अडान पनि ओलीले लिएका थिए। तर असन्तुष्टहरुले विशेष अधिवेशनको तयारी गरेपछि पद धरापमा पर्न गएको र फेरि असन्तुष्ट पक्षसँग वार्ता गर्न दबाब बढेपछि वार्ता सुरु भएको हो।

स्थायी कमिटिको बैठक एजेण्डामा विवाद भएपछि त्यसलाई मिलाउन पनि वार्ता भइरहेको स्रोतले बताएको छ । सो वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी छन्।

यसैबीच ६८ असन्तुष्ट सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन बोलाउन मागसहितको पत्र लिएर राष्ट्रपति भवनमा पुगेकी सांसद पम्फा भुषाल दुई घण्टादेखि प्रतिक्षारत छन्।

‘राष्ट्रपति ज्यू निवासमा हुनुहुन्छ’ भन्दै उनलाई कुनै पनि सचिवालय सदस्यले भेट्न र पत्र बुझ्न पनि अस्वीकार गरेको असन्तुष्ट पक्षले बतायो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?