भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति

भदौ २६ गतेको निर्णयअनुसार अघि बढ्ने ओली दाहालबीच सहमति
+
-

काठमाडौँ – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णयकै आधारमा अघि बढ्ने सहमति भएको छ।

स्थायी समितिको बैठक अघि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै त्यसकै आधारमा अघि बढ्ने सहमति भएको हो।

दुई अध्यक्षबीच भएको सहमतिलाई ओली र दाहालले स्थायी समितिलाई जानकारी गराएका छन्।

अहिले बैठक जारी रहेको एक सदस्यले जानकारी दिए। ओली दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको छ।

दुई नेताबीच भदौ २६ मा फर्किने सहमति भएपछि दाहालले आलीविरुद्ध दर्ता भएको १९ पृष्ठ लामो आरोपपत्र र ओलीले सचिवालयमा पेश गरेका ३८ पृष्ठको जवाफ पनि फिर्ता हुने भएको छ।

एकपछि अर्को कमदले प्रधानमन्त्री एक्लिैदै गएपछि पूर्व सहमतिमा फर्किन तयार भएका हुन्। उनीविरुद्ध पार्टीभित्र र बाहिर माहोल बनिरहेको छ।
यसबीचमा सरकारले गरेका राजनीतिक नियुक्तिबारे के हुने प्रष्ट भइसकेको छैन।

सहमतिसँगै अब नेकपाको विवाद भदौ २६ स्थायी समितिले गरेको सर्वसहमति निर्णयका आधारमा अघि बढ्ने भएको छ। उक्त निर्णयमा ओली सरकार सञ्चालमा केन्द्रित हुने, दाहालले पार्टी चलाउने, सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णय भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?