
पर्सा-कटुवा पेस्तोल र सोमा लागने एक राउण्ड गोली सहित रौतहट बाट एक युवक बिहिवार साझ पक्राउ परेका छन्।
कटुवा पेस्तोल र गोलि सहित पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका ५ झाँजपुल स्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलिसहित पक्राउ गरेको हो।
बी आर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफटि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
हतियारसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।