
काठमाडौं- संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेर संविधानमाथि धोका दिएको बताएका छन्।
आइतबार बिहान मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने प्रस्ताव गरेको थियो।
संविधानको प्रावधान अनुसार सरकारले बहुमत गुमाउने अवस्था रहेको र बैकल्पिक सरकार बन्ने कुनै संभावना नरहेको अवस्थामा मात्र संसद विघटन हुनसक्ने संविधानविद आचार्यको भनाइ छ।
यी दुई अवस्था बाहेक संसद विघटन गर्ने संवैधानिक प्रावधान नरहेको आचार्यले बताए।