
काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको संसद विघटन गर्ने प्रस्तावलाई राष्ट्रघाती कदमको संज्ञा दिएको छ।
पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भएको बताएका छन्।
उनले प्रधानमन्त्री ओलीको यो कदमलाई संविधानमाथिको ‘कू’ भएको बताएका छन्।
ओलीले झण्डै दुई–तिहाई जनमतमाथिको निर्लज्ज घात गरेको बताएका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषदको सिफारिस सदर नगर्न पनि माग गरेका छन् ।