संसद् जीवित राख्न र नयाँ सरकार बनाउन मेरो सबै ध्यान: दाहाल

+
-

काठमाडौँ- दाहाल-नेपाल समूहका तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसलाई अस्वीकार गर्दै आएका अध्यक्ष दाहालले केन्द्रीय कमिटिको बैठकले अध्यक्षबाट ओलीलाई जिम्मेवारीमुक्त गरेपछि आफूले संसदीय दलको नेताको जिम्मेवारी पाएको र आफ्नो ध्यान संसद जीवित राख्न केन्द्रित हुने बताए।

उनले बुधबार दिउँसो देशसञ्चारलाई संक्षिप्त अन्तर्वार्ता दिँदै संसद जीवित राख्न आफ्नो सम्पूर्ण तागत लगाउने बताए। ‘यो धेरै ठूलो जिम्मेवारी हो, अब मेरो सबै तागत संसद जीवित राख्न लगाउनेछु।’

उनले आफू संसदीय दलको नेता बनेपछि आफू नयाँ सरकार बनाउन पनि तयारी गर्ने बताए।

यसअघि नेकपाका दाहाल-नेपाल पक्षका सांसदहरुको बैठकले नेकपाका अध्यक्ष दाहाललाई नेकपा संसदीय दलको नेता पदमा चयन गरेको थियो।

 

यो पनि पढ्नुहोस्

संसदीय दलको नेता बनेँ, अब चुनौतीको सामना गर्छुः प्रचण्ड

संसदीय दलको नेता बनेँ, अब चुनौतीको सामना गर्छुः प्रचण्ड

दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता

दाहाल–नेपाल समूहले बनायो दाहाललाई संसदीय दलको नेता

ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल

ओलीले डाकेको केन्द्रीय कमिटीको बैठक आधिकारिक होइन- माधव कुमार नेपाल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?