लावारिसे बन्न लागेको सरकारलाई व्यवस्थित बनाउन म आएँ: नवनियुक्त मन्त्री रायमाझी

लावारिसे बन्न लागेको सरकारलाई व्यवस्थित बनाउन म आएँ: नवनियुक्त मन्त्री रायमाझी
+
-

काठमाडौँ- सरकारले ऊर्जामन्त्री बनाउने निर्णय गरेका टोबहादुर रायमाझीले लावारिसे सरकारलाई व्यवस्थित बनाउन आफू मन्त्रीको जिम्मेवारी सम्हाल्न आइपुगेको बताएका छन्।

सरकारले ऊर्जामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेलगत्तै रायमाझीले देशसञ्चारसँग सक्षिप्त कुरा गर्दै भने, ‘मलाई पनि अपर्झट सूचना आयो। यो मेरा लागि सुखद त होइन तर सरकारलाई लावारिस बनाएर साथीहरु सडकमा जानुभयो। सरकारलाई अव्यवस्थित बनाउने कुरा भएन। लावारिसे सरकारलाई व्यवस्थित बनाउन मलाई पनि जिम्मेवारी दिनु भएको छ। त्यो कार्यान्वयन गर्ने मेरो जिम्मेवारी हुनेछ।’

उनले मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति सम्हाल्न आफू पनि सरकारमा आइपुगेको बताए।

उनले भने, ‘जतिदिन सकिन्छ, सरकारलाई व्यवस्थित बनाउने काम म गर्नुे छु। बिग्रने थालेको राजनीतिलाई सिस्टममा ल्याउन म पनि पहल गर्ने छु।’

यसअघि ऊर्जामन्त्री वर्षमान पुन थिए। सत्तारुढ नेकपा विभाजन निश्चित भएपछि पुस पाँच गते उनीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीहरुले राजीनामा दिएका थिए।

रायमाझीसहित पाँच जना पूर्वमाओवादीका नेताहरुलाई मन्त्रीमा नियुक्त गरिएको छ। उनीहरुको शपथ शुक्रबार बेलुका साढे ६ बजेका लागि शीतलनिवासमा तोकिएको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले थपे नयाँ मन्त्रीहरु, साढे ६ बजे शपथ

प्रधानमन्त्री ओलीले थपे नयाँ मन्त्रीहरु, साढे ६ बजे शपथ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?