राजनीतिक जीवन जोखिममा राखेर गरेको एकता सफल भएन, प्रधानमन्त्री ओलीले गल्ती गरेः हरिबोल गजुरेल

राजनीतिक जीवन जोखिममा राखेर गरेको एकता सफल भएन, प्रधानमन्त्री ओलीले गल्ती गरेः हरिबोल गजुरेल
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले राजनीतिक जीवनमा ठूलो जोखिम लिएर एकताको प्रयास गरे पनि सफल नभएको बताएका छन् ।

उनले शनिबार काठमाडौँमा पत्रकार भेटघाट गरि पछिल्लो राजनीतिक घटनाक्रमले चिन्ता थपिएको बताएका छन् ।

अहिले मुलुकलाई जटिलता तर्फ धकल्ने प्रयास भएको उनले बताए।

उनले कसैले आफूलाई मन्त्री खान बालुवाटारमा गयो भन्ने र बालुवाटारले बबरमहल आयो भन्ने भ्रम सिर्जना गरिएको बताए।

उनले भने, ‘अहिलेसम्म म कतै आएको पनि होइन, कतै गएको पनि होइन। म समान दूरीमा बसेर एकताको प्रयास गरेँ ।’ तर नचाहेरै दुर्घटना भएको बताए ।

उनले भने, ‘बाबुरामको बर्हिगमन पछि मैले गुटबन्दी गरेको छैन। पदहरु छोडेर अघि बढिरहेको छु। सभामुख पाउँदा पनि छोडेर अघि बढेको हो। मैले मेरो राजनीतिक करिअरमा इमानलाई मात्रै ख्याल गरेँ ।’

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गरेको निचोड निकालेको बताए।

बालुवाटारबाट अफर आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा आफूले इमानमात्रै हेरेर अघि बढिरहेको बताए । महत्वाकांक्षा नहुनु नै आफ्नो कमजोरी रहेको पनि बताए ।

प्रचण्डलाई सहज बनाउनका लागि केही दिन नबोलेको पनि बताएका छन् । आफूले उठाएका मुद्दा लैजान भनेर गरेको आग्रह प्रचण्ड र स्थायी कमिटि सदस्यले सुनुवाइ नगरेको बताए। ‘प्रचण्डले मलाई तपाईँमाथि अनावश्यक शंका गर्नु दुःखद भएको बताउनुभयो’, उनले भने, ‘आज प्रचण्डलाई भेट्न जाँदै छु ।’ गजुरेल र प्रचण्डबिच शनिबार निर्णायक वार्ता हुँदैछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?