लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल प्रहरी नियन्त्रणमा

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल प्रहरी नियन्त्रणमा
+
-

वीरगञ्ज– पश्चिम नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अग्रवाललाई प्रहरीले पर्साको वीरगन्जबाट नियन्त्रणमा लिएको हो।

उखु किसानको बक्यौता रकम नतिर्ने चिनी मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको थियो। नवलपरासी प्रहरीले उपस्थित गराइदिन भने अनुसार अग्रवाललाई खबर गरिएको र उनी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित भएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

मध्याह्न १२ बजे अग्रवाल आफै प्रहरीमा उपस्थित हुन आएको कुँवरले बताए।

‘अग्रवाललाई नवलपरासी प्रहरीबाट हामीहरुलाइ उपस्थित गराइदिन भनिएको थियो। सोही अनुसार उहाँलाई खबर गरेका थियौँ, दुई घन्टा पहिले अग्रवाल प्रहरीमा हाजिर भएका हुन्,’ कुँवरले भने।

प्रहरी नियन्त्रणमा रहेका अग्रवाललाई थप कारवाहीको लागि पश्चिम नवलपरासी पठाइने उनले बताए।

लुम्बिनी चिनी मिलले उखु किसानको करिब १६/१७ करोड भुक्तानी दिन बाँकी रहेको छ। लामो समयसम्म उखुको भुक्तानी नपाएपछि किसानहरु काठमाडौँ गएर आन्दोलन गरेका थिए।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’