भारतीय हतियारधारी सशस्त्र सीमा सुरक्षा बल इलामको सीमावर्ती गाउँ पसेपछि स्थानीयबासीको प्रतिकार

भारतीय हतियारधारी सशस्त्र सीमा सुरक्षा बल इलामको सीमावर्ती गाउँ पसेपछि स्थानीयबासीको प्रतिकार
+
-

झापा-नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको सीमा पिलर भन्दै सीमा पिलर गाड्दा त्यहाँ स्थानीयबासीले प्रतिकार गरेका हुन्। उक्त घटना भएको थाह पाएपछि नेपालका सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जानकारी दिए।

उनले भने, ‘हतियारधारी भारतीय सशस्त्र सीमा सुरक्षा बल सीमामा आएपछि नेपालीहरूलाई समस्या भयो। तर हामीले गल्ती गर्यौं भनेर उनीहरू त्यहाँबाट फर्किएका छन्।’

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली शनिबार राति नेपाली क्षेत्र प्रवेश गरेको स्थानीयबासी बताउँछन्। भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोलीलाई सीमामा देखेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

तर यो समस्या स्थानीयस्तरबाटै समाधान गर्न सकिने प्रमुख जिल्ला अधिकारी सेढाईंले बताए। उनले भने, ‘उनीहरू सीमा क्षेत्रमा आउने नयाँ कुरा होइन। तर सम्झाएर पठाउने काम भएको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष