राजा महेन्द्रले बसाएको गरीब बस्ती हिमानी ट्रस्टको रोजाई, पूर्वराजा ज्ञानेन्द्रसमेत उपस्थित (तस्बिरसहित)

+
-

झापा– पञ्चायतकालमा राजा महेन्द्रले बसाएको झापाको पृथ्वीनगरको गरीब बस्तीमा पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रस्टले शनिवार गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ।

हिमानी ट्रस्टले मानवीय सहायताको क्षेत्रमा काम गरिरहेको ट्रस्टले जनाएको छ।

झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा राजपरिवारका तर्फबाट पूर्वराजा ज्ञानेन्द्रको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी, पारस-हिमानी पुत्र हृदयेन्द्रको पनि उपस्थित थिए। गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई हिमानी तथा हृदयेन्द्र स्वयंले राहत वितरण गरेका थिए।

६५ परिवारका बालबालिकालाई न्यानो कपडा तथा बृद्धबृद्धालाई स्लिपिङ ब्याग ट्रस्टले उपलब्ध गराएको हो।

ट्रस्टकी झापा सचिव पुनम राजवंशीका अनुसार राजा महेन्द्रले पुनर्वास कम्पनीमार्फत बसाएको बस्तीका गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धाका लागि राहत उपलब्ध गराउने निर्णय गरेको हो।

राहत उपलब्ध गराएको क्षेत्रका बासिन्दा अत्यन्त गरीब रहेका स्थानीयबासीहरूले बताएका छन्। राहत पाएपछि स्थानीयबासीमा हाँसो छाएको देखिन्थ्यो।

लाग्यो नारा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ


हिमानी ट्रस्टको कार्यक्रममा विरलै उपस्थित हुने गरेको पूर्व राजा ज्ञानेन्द्र शाह उक्त कार्यक्रममा उपस्थित हुँदा स्थानीयबासीले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ नारा लगाएका थिए।

भिडियाे:

हिमानी तथा हृदयेन्द्रले राहत वितरण गरिरहँदा पूर्वराजा ज्ञानेन्द्रले स्वागतमा रहेका बालिकाहरूसँगै राखेर मञ्चमा बसेका थिए।

हिमानी ट्रस्टको कार्यक्रममा पूर्व राजपरिवारका सदस्य उपस्थित भएकाले कार्यक्रमको शोभा बढेको भन्दै पूर्वराजा ज्ञानेन्द्र तथा राजपरिवारका अन्य सदस्यप्रति आभार प्रकट गरिन्।

पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व राजपरिवारका सदस्य केही समयदेखि झापाको दमकमा रहेको निवासमा बस्दै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष