
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्नेहरुले राष्ट्रपतिको विरोध गर्ने टिप्पणी गरेका छन्।
आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीले जे लग्यो त्यसमा लालछाप लगाउने हैसियत भएको राष्ट्रपतिलाई विवाद तान्नु गलत भएको बताए।
उनले सोधे,‘कस्तो राष्ट्रपति चाहिएको ? प्रधानमन्त्री भन्दा धेरै अधिकार भएको राष्ट्रपति चाहिएको हो? सक्रिय राष्ट्रपति चाहिएको हो? प्रधामन्त्रीलाई नमान्ने राष्ट्रपति चाहिएको हो? महाराजधिराज चाहिएको हो ?’
संविधानको संरक्षक र पालकका रुपमा राष्ट्रपतिलाई लिएको र त्यसैअनुसार राष्ट्रपति अघि बढेको उनले बताए।