निर्वाचनसम्बन्धी सबै गतिविधि रोक्न दाहाल-नेपाल खेमाको आयोगसँग माग

निर्वाचनसम्बन्धी सबै गतिविधि रोक्न दाहाल-नेपाल खेमाको आयोगसँग माग
+
-

काठमाडौँ– प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा (प्रचण्ड–नेपाल खेमा) ले निर्वाचन आयोगसँग माग गरेको छ ।

नेकपाको सो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डेसहितको टोली सोमबार निर्वाचन आयोग गएर यस्तो आग्रह गरेको हो ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिए ।

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ । यसले मुद्दा प्रभावित हुने भएकाले आफूहरुले रोक्न आग्रह गरेको र निर्वाचन आयोगले पनि तत्काल ती काम रोक्ने आश्वाशन दिएको नेता पोखरेलले बताए ।

यस्तै आफूहरुले नेकपा सम्बन्धी आयोगका रहेका सम्पूर्ण कागजातको प्रतिलिपि पनि माग गरेको उनले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?