यसपल्ट जीटिभीसँग किन प्रशन्न भए ओली?

यसपल्ट जीटिभीसँग किन प्रशन्न भए ओली?
+
-

काठमाडौँ– संसद विघटन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनसँगै आगामी चुनावको तयारीमा सरकार केन्द्रित भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भारतको एक मिडियाका दुई पत्रकारलाई फरक–फरक भाषामा दिएको अन्तर्वार्ताले नयाँ राजनीतिक बहस जन्माएको छ। ओलीले ती अन्तर्वार्तामा दिएका अभिव्यक्तिको समर्थन, आलोचना र केही संशयसहित प्रश्न उत्पन्न भएका छन्।

खासगरी सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा लिएको राष्ट्रियताको अडानको समर्थनमा प्रतिक्रियाहरु आएको देखिन्छ भने मुलुक राजनीतिक संकटमा धकेलिएको समयमा भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)सँग निकट र यसअघि ओलीविरुद्ध खनिएका सञ्चारमाध्यमका पत्रकारहरुले नै किन प्रधानमन्त्री ओलीसम्म पहुँच पाए? सामान्यतया आक्रामक रुपमा प्रस्तुत हुने र अतिथिलाई आफ्नो धारणा पूर्णरुपमा राख्ने मौका नदिने जीटिभीका पत्रकारहरु प्रधानमन्त्री ओलीसँग किन शालिन रुपमा प्रस्तुत भए? भन्ने प्रश्नहरु उब्जिएका छन्।

जीटिभीले केही महिनाअघि प्रधानमन्त्री ओलीको चिनियाँ राजदूत हाउ याङछीसँगको ‘घनिष्टता’बारे गरेको प्रस्तुतिपछि नेपालमा भारतीय च्यानलहरुमाथि प्रतिबन्ध लगाइएको थियो।

अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले उपनिवेशको समय सकिएको, भूगोल र जनसंख्याका हिसाबमा ठूलो–सानो भएपनि नेपाल र भारत दुवै मुलुक सार्वभौम भएकाले नेपालले भारतसँग समानताका आधारमा सम्बन्ध अघि बढाउन चाहेको धारणा राखेका थिए।

यस्तै उनले नेपाल र भारतको सीमा विवाद संवादबाट हल गर्न सकिने अडानसमेत राखेका थिए। प्रधानमन्त्री ओलीको यो अडानको प्रशंसा गर्नेमा स्वाभाविक रुपमा उनी पक्षीय नेकपाका नेता तथा कार्यकर्ताहरु धेरै छन्।

नेकपा केन्द्रीय सदस्य शान्ता चौधरीले फेसबुकमा लेखेकी छिन्, ‘आफ्नो देशको भौगोलिक अखण्डता, आफ्नो देशको निर्णयमा कुनै बाहिरी हस्तक्षेप सह्य नहुने मान्यता, भुगोलमा सानौ छौँ तर स्वभिमानमा र सार्वभौमिकतामा समान छौँ भन्ने प्रष्ट भनाइसहित प्रधानमन्त्रीज्युले दिनुभएको अन्तर्वार्ता उत्साहप्रद र उपयोगी छ। सबैले मनन् गर्न लायक यी कुराहरु भारतीय जनता र सम्पूर्णमा उपयोगी होस्।’

ओलीको प्रशंसामा उनको विपक्षमा उभिएका दलका नेताहरु पनि सामेल छन्।

साझा पार्टीका पूर्वप्रवक्ता सूर्यराज आचार्यले पनि प्रधानमन्त्री ओलीको अडानको प्रशंसा गरेका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘भारतीय टिभी जीटिभीका पत्रकारको ‘आग्रहपूर्ण’ प्रश्नमा प्रम केपी ओलीको सटिक जवाफ। नेपालको राष्ट्रिय स्वाभिमान र दुई छिमेकप्रतिको सद्भावसहितको असंलग्न परराष्ट्र नीति स्पष्ट प्रतिबिम्बित हुने उहाँको बेजोड प्रस्तुति प्रशंसनीय छ।’

नेपाली कांग्रेसका नेता लोकेश ढकालले पनि ओलीको अभिव्यक्तिको समर्थनमा उदय सञ्जिवले गरेको ट्विट रिट्विट गरेका छन्। भनिएको छ, ‘प्रम ओली दूधले नुहाएका मान्छे होइनन्। देशको आन्तरिक मामिलामा उनीसँग मेरा आफ्ना धेरै असहमतिहरु छन्। तर, देशको प्रमको रुपमा उनले भारतीय टेलिभिजनमा बेलेका केही कुरा र अडान सही छन्। देशको स्वार्थ रक्षाको मामिलमा नेपाली नागरिकको रुपमा म उनको उक्त अडानको समर्थन गर्छु।’

तर जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई भने ओलीले अन्तर्वार्तामा दिएका अभिव्यक्तिको आलोचनामा उत्रिएका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री र बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकास र परनिर्भरतामा फसाइनेछ! चेतना भया!’

नेपाली सेनाका अवकास प्राप्त मेजर जनरल राजेन्द्र थापाले ओलीको यो अन्तर्वार्ताले केही प्रश्न उब्जएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई अन्तर्वार्ता लिने पत्रकार सुधीर चौधरीले अघिपछि अन्य अतिथिलाई जसरी किन बीचबीचमा प्रश्नहरु सोधेनन्? भन्ने प्रश्न उठाएका छन्। उनले ओलीको अन्तर्वार्ता कुनै ‘हाजिर जवाफ’ कार्यक्रम जस्तो भएको पनि टिप्पणी गरेका छन्।

यस्तै अन्तर्वार्ताको विषय राजनीति भएपनि प्रधानमन्त्री ओली इतिहास, धर्म, संस्कृति र सामान्य ज्ञानमा केन्द्रित हुनु अस्वाभाविक भएको थापाको टिप्पणी छ। यस्तै उनले एकैदिन एउटै भारतीय मिडियाका दुई पत्रकारलाई दुई भाषामा ओलीले किन अन्तर्वार्ता दिए? भन्ने प्रश्न पनि उठाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?