
काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले गरिरहेका भेलाहरु कुनै पनि प्रहसन, उखानटुक्का र उत्तेजित बनाउनका लागि नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति शैलीको व्यंग्य गरेका छन्।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अहिले भइरहेको भेलामा सम्वोधन गरिरहेका दाहालले ओलीका कारण मुलुकमा गम्भीर संकट देखापरेको र त्यो निरुपणका लागि भेलाहरु गरिरहेको दाबी गरेका हुन्।
उनले भने, ‘हामी यहाँ कुनै प्रहसन गर्न, उखानटुक्का भन्न, उत्तेजित भाषण गर्न उपस्थित भएको होइन। मुलुक गम्भीर संकटमा परेको र त्यसको उद्धारका लागि आफूहरु भेला भएको हो।’
उनले त्यसोभन्दा हलमा गड्गडाहड ताली बजेको थियो।