
काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भाङ खाएर नाचेको जस्तो तान्डब देखाएको आरोप लगाएका छन्।
काठमाडौँमा बुधबार आयोजित एक भेलालाई सम्वोधन गर्दै उनले संविधानदेखि सबै कुरा भाँचभुँच गर्ने काम ओलीले गरेको आरोप लगाए।
उनले भने, ‘मलाई हटाउन खोजियो भने कुर्सी भाँच्छु भन्नुहुन्थ्यो। हामीले सोचेका थियौँ कुर्सी भाँचे अर्को बनाऔँला। तर उहाँले संविधान नै भाँच्नु भयो। यो सामान्य स्वाभावको मानिसले गर्दैन। भाङ खाएर तान्डब नाचे जस्तो भयो।’
ओलीले आफूलाई संसारकै सबैभन्दा ठूलो नेताको रुपमा लिने गरेको दाहालको आरोप छ।
उनले भने, ‘भ्यागुतोले भुँडी फुलाएको जस्तो ओलीले अहिले भुडी फुलाउनुभएको छ। तर एकदिन प्याट्ट फुट्छ। अनि हिट्लर जस्तै सकिन्छन् ओली।’